काठमाडौँ : औषधि व्यवस्था विभागले अनलाइन फार्मेसी सञ्चालन नगर्न निर्देशन दिएको छ। विभागका महानिर्देशक नारायणप्रसाद ढकालले अनलाइन फार्...
काठमाडौं : काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ।
छातीमा अत्यधिक पीडा महसुस भएपछि शुक्रबार दिउँसो उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो। हाल उनको नर्भिक अस्पतालको २ सय ९ नम्बर सिसियूमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ।
छातीको अत्याधिक पीडा हुनु हृदयघातको समेत लक्षण भएकोले हृदयघात हो होइन भनेर पत्ता लगाउन उनको एन्जियोग्राम भइरहेको नर्भिक अस्पतालका जनसम्पर्क अधिकृत आरपी मैनालीले बताए। उनले भने 'हालको उहाँलाई सिसियुमा राखिएको छ। हृदयघात हो या होइन होइन भन्ने एन्जियोग्राको रिपोट आएपछि थाहा हुन्छ।'
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।