समाज

पूर्वमन्त्री तत्पबहादुर विष्टलाई उडिरहेको जहाजमै  हृदयघात

नेपालगञ्‍जबाट उडेको जहाज भैरहवामा आकष्मिक अवतरण

साउन १९, २०७६

    काठमाडौं : पूर्वमन्त्री तप्तबहादुर विष्टलाई आइतवार दिउँसो उडिरहेको जहाजमै हृदयघात भएको छ। आइतवार दिउँसो पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री विष्टलाई नेपालगञ्जबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको यु४ ४०४ उडानमै हृदयघात भएको हो । 

    विष्टलाई हृदयघात भएपछि बुद्धको जहाजलाई भैरहवा विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ। भैरहवामा आकष्मिक अवतरण गरेको जहाज विष्टलाई त्यहीँको अस्पतालमा छाडेर काठमाडौं आएको छ। 

    हृदयघात भएका विष्टलाई भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्समा राखेर उपचार गरिँदैछ। पूर्वमन्त्री विष्टको अवस्था अहिले सुधार भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ। समाचार अनुसार विष्टले भर्खरै न्युरोको एउटा अपरेशन गरेका थिए । अस्पतालमा भर्ना गरिएपछि उनको स्वास्थ्यमा सुधार आएसँगै काठमाडौं पठाउने तयारी गरिएको छश्र 

    विष्ट यसअघि दोस्रो संविधानसभामा सुर्खेत क्षेत्र नम्बर ३ बाट विजयी भएका थिए। उनी कांग्रेस सभापति शेरबहादुर देउवाको सरकारमा सञ्चार राज्यमन्त्री भएर काम गरेका थिए। त्यसपछि उनी २०७४ मा सम्प‍न्‍न प्रदेश सभा चुनावमा भने पराजित भएका थिए । कांग्रेसबाट लडेका उनलाई सुर्खेत २ प्रदेश 'ख' मा तत्कालीन माओवादीका उम्मेदवार विन्दमान विष्टले हराएका थिए । 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]