राजनीति

संसदको अवरोध हटाउन सभामुख महराको प्रयास जारी

फाइल फोटो
साउन १९, २०७६

    काठमाडौं : लामो समयदेखि अवरुद्ध संघीय संसद प्रतिनिधिसभाको बैठक खुलाउने प्रयासस्वरुप सभामुख कृष्णबहादुर महराले आइतबार संसदमा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेताहरूसँग छलफल गरेका छन्।

    सभामुख महराले संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।

    सिंहदरबारस्थित कार्यकक्षमा सभामुख महराले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका उपनेता विजयकुमार गच्छदार, प्रमुख सचेतक बालकृष्ण खाँण, प्रतिपक्ष राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादव र नेता लक्ष्मणलाल कर्ण र सत्ता पक्षका तर्फबाट प्रमुख सचेतक देव गुरूङसँग छलफल गरेको उनका प्रेस संयोजक डिल्ली मल्लले जानकारी दिए।

    नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँग फोनमा सहमतिका लागि सत्ता पक्षबाट पहल गर्न आग्रह गरेको पनि मल्लले जानकारी दिए।

    छलफल सकारात्मक भएको र भोलि सोमबारको बैठकमा जारी गतिरोध खुल्ने सभामुख महराले आशा व्यक्त गरेका छन्।

    प्रतिनिधि सभाको बैठक भोलि (सोमबार) बिहान ११ बजे बोलाइएको छ। १६ गते बसेको सर्वदलीय बैठकले सहमतिका लागि प्रयास गर्ने निर्णय गरेअनुसार १६ गते बोलाइएको बैठक सूचना टाँस गरी स्थगित गरिएको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]