काठमाडौँ : कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका लोकेन्द्र शाहीको शव १६ किलोमिटर तल भेटिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रह...
बैतडी : एक बालिका र एक किशोरको हत्या गरेको आरोपमा बैतडी प्रहरीले ७ जनालाई पक्राउ गरेको छ।
गतअसार १७ गते विद्यालयबाट बेपत्ता भएकी ८ वर्षीय बालिका कलावती सार्कीको हत्या गरेको आरोपमा दशरथचन्द नगरपालिका ४ का खगेन्द्रराम महरलाई पक्राउ गरिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए।
दोगडाकेदार गाउँपालिका २ मल्लाढीक घर भएकी कलावती बुवा खडक सार्कीसँगै दशरथचन्द नगरपालिका ४ बमरोडामा बस्दै आएकी थिइन्। कलावतीको शव साउन ८ गते उनी अध्ययनरत विद्यालय शिव आधारभूत विद्यालय नजिकैको खोल्सामा खाल्डोमा गाडेको अवस्थामा भेटिएको थियो। कलावतीका बुवा खडक सार्कीले कर्तव्य ज्यान मुद्दामा दिएको जाहेरीको आधारमा महरलाई पक्राउ गरी अनुसन्धान शुरु भएको प्रहरी प्रवक्ता पातलीको भनाई रहेको छ।
आरोपित महरलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यस्तै दशरथचन्द नगरपालिका ६ नगतडीका १८ वर्षीय दीपक महरको हत्या गरेको आरोपमा ६ जना पक्राउ परेका छन्।
दीपकका बुवा किसनराम महरले दिएको जाहेरीको आधारमा दशरथचन्द नगरपालिका ६ का शंकर चुनारा, अमित रावल, पारस रावल, अनिल रावल, युनिक रावल र मनिष ठगुन्नालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। उनीहरूलाई पनि जिल्ला अदालतमा ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
साउन १४ गते बैतडी सदरमुकाम गोठलापानीबाट घर फर्केका दीपकको शव साउन १७ गते दशरथचन्द नगरपालिका ६ कन्सनीगाडनजिक फेला परेको थियो। घटनाको सुक्ष्म रुपमा थप अनुसन्धान भइरहेको जनाइएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।