समाज

जगदिशपुर तालको स्वामित्वको विवाद टुंगियो

साउन १९, २०७६

    कपिलवस्तु :  प्रदेश ५ कै प्रमुख गन्तब्यकै रुपमा रहेको कपिलवस्तुको जगदीशपुर तालको स्वामित्वको बिबाद टुंगिएको छ। पर्यटन बिभाग र बाणगंगा सिंचाई विकास डिभिजन कार्यालय बिच स्वामित्वको बिवाद हुँदा पूर्वाधार निर्माण कार्य अवरुद्ध भएको थियो।

    बिवाद अन्त्यसँगै जगदशीपुर तालमा रोकिएको पर्यटन पूर्वाधार परियोजना कार्य पुनः सुचारु गरिएको छ। कपिलवस्तु नगरपालिका ९ स्थित बिश्व सीमसार क्षेत्रमा सूचीकृत तालमा पर्यटकीय पूर्वाधार निर्माण गर्न दुई निकाय बीच मौखिक समझदारी भएपछि काम सुरु भएको हो।

    गत असार तेस्राे सातामा पर्यटन विभाग र सिंचाई विभागअन्तर्गत रहेको बाणगंगा सिंचाई विकास डिभिजन कार्यालय बीच विवाद हुँदा जगदीशपुर तालका पर्यटक विकासका लगि आएको ३ करोड बढीको पूर्वाधार निर्माणको काम रोकिएको थियो।

    जगदीशपुर तालमा ३ करोडको पर्यटन पूर्वाधार तथा सुधार आयोजनाको काम सुरु भएको हो। कार्यालयको मातहमा रहेको तालमा प्रारंभिक वातावरणीय परीक्षणबिना कुनै काम गर्न  नपाईने प्रावधान भए पनि अझैसम्म सो कामका विषयमा आफूलाई कसैले लिखित जानकारी भने नगराएको गुनासो सिंचाई विकास डिभिजनले जनाएको छ।

    सो परियोजनको ठेक्का पाएका काठमाडाैंको कल्पबृक्ष र जलुकेजी जेभीका ठेकेदार कोषनाथ ढुंगानाले पर्यटन विभागको आदेशअनुसार आफनो कम्पनीले तालमा परियोजनाको काम अघि बढाएको जानकारी दिए।

    गत बैशाख २५ गत सम्झौता भई २०७७ कार्तिक २ गते परियोजना सम्पन्न गर्नु पर्ने छ। परियोजना अन्र्गगत तालको बाँधको भित्री किनारमा ढेड मिटर चौडाईको २ देखि ३ किमिको पैदल मार्ग गेट निर्माण गर्ने कार्य योजना छ। तालमा रहेको प्रतीक्षालयको उत्तर तर्फको बाँधबाट पुनः पैदलमार्ग निर्माण थालिएको छ।

    जगदीशपुर जलाशय ब्यवस्थापन बहुसरोकार मंचका अध्यक्ष ललित गुरुङले रोकिएको निर्माण काम सुरु भएकोमा खुशी ब्यक्त गरे। यो परियोजनाको तालको पर्यटकीय विकास र यस क्षेत्रका बासिन्दाको आयआर्जनमा मद्दत मिल्ने उनले जानकारी दिए। 

    आयोजनाका कुल लागत भ्याटसहित ३ करोड १० लागत रहेको छ। ताल १५७ हेक्टर क्षेत्रफलमा फैलिएको छ। तालमा सिमसारमा आश्रित ६१ प्रजातिका र अन्य ५७ प्रजातिका चरा पाइन्छन्। त्यस्तै विश्वमै दुर्लभ मानिएका ७ प्रजातिका चरा पाइने कुरा नेपाल पंक्षी संरक्षण संघले जनाएको छ।

    तालमा पेकिंग डग, निल टाउके, माल्टाज, फिस्टा, खट्खटे र विभिन्न जातिका पानीहाँस प्रशस्त देखिन्छन्। त्यस्तै तालमा सारश, सुनजुरे, भुडिफोर, ध्यानी बकुल्ला र सेतो गरुड लगायतका चरा पनि यहाँ आउछन्। कृत्रिम रुपमा बनाइएको नेपालकै सबैभन्दा ठूलो ताल हो। ताल सन २००३ मा अन्तर्राष्ट्रिय सिमसार क्षेत्र रामसारमा सूचीकृत भएको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]