समाज : सुरक्षा/अपराध

५० हजार घुसको रकमसहित अधिकृत पक्राउ

साउन १९, २०७६

    हेटौंडा : प्रदेश ३ को उद्योग वाणिज्य एवं उपभोक्ता हित संरक्षण निर्देशनालयका आठौं तहका अधिकृत चन्दनकुमार अमात्य ५० हजार घुससहित पक्राउ परेका छन्।

    अमात्यलाई  घुससहित  हेटौँडास्थित कार्यालयबाट आइतबार अख्तियारको टोलीले पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयका प्रवक्ता देवकुमार राईले जानकारी दिएका छन्।

    उनलाई उद्योग दर्ताको आइइई प्रतिवेदन स्वीकृत गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिँदै गर्दा रंगेहात पक्राउ गरिएको राईले बताए। अमात्यमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]