काठमाडौं : इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किंग्सले लगातार दोस्रो जित निकालेको छ। गएराति सम्पन्न खेलमा च...
स्टिव स्मिथको करिअरमा प्रश्न त्यतिबेला उठ्यो जतिबेला उनी विश्व टेस्ट बरियातामा नम्बर वान ब्याट्सम्यानका रुपमा थिए। कुरा हो गत वर्ष भएको दक्षिण अफ्रिका विरुद्धको टेस्टका दौरान जतिबेला स्मिथ कप्तान थिए र उनका एक खेलाडी बेनक्राफ्टले दक्षिण अफ्रिकालाई हराउने उपायका रुपमा बल कोट्याए अर्थात बलको स्वरुप विगारे (बल टेम्परिङ) कप्तानका रुपमा स्मिथले त्यसको जिम्मेवारी लिए परिणामत उनलाई अस्ट्रेलियन क्रिकेट बोर्डले एकवर्ष प्रतिबन्ध लगायो।
प्रतिबन्धसँगै धेरैलाई लाग्यो स्मिथको जल्दोबल्दो करिअरको अब अन्त्य भयो। अर्थात अब अस्ट्रेलियन क्रिकेटको गोल्डेन ऐरा सकियो भन्ने आँकलन थियो। तर एकवर्षप्रतिबन्धपछि पहिलो पटक टेस्टमा फर्किएका स्मिथले जे गरे कमालनै गरिहरको छन्। साँचीकै स्मीथले अविश्वसनिय पुनरागमन गरे। लगातार दुई खेलमा शानदार शतक प्रहार गरे त्यो पनि एसेजमा इंग्ल्यान्डविरुद्ध । अविश्वसनिय प्रदर्शन गर्दै गर्दा अहिले स्मिथको फेरी चर्चा बढेको छ। गत वर्ष र अहिले निकै फरक तरिकाले चर्चा भइरहेको छ। चर्चाका पछाडि उनी अहिले आदर्श क्रिकेटरको छवि बनाइरहेका छन्।
१७ वर्षपछि लगातार दुई शतक
अस्ट्रेलिया र इंग्ल्यान्ड एसेजका चिरपचिरित प्रतिद्वन्द्वी हुन्। यसमा शतक प्रहार गर्नु खेलाडी आफैका लागि एउटा सपना हुने गर्छ। तर लगातार शतक सपना भन्दा बाहिर हुन्छ। तर स्मिथले संभव बनाए । त्यो पनि एकै खेलका दुई इनिङमा ब्याक टु ब्याक सतक प्रहार गरेर। उनले १७ वर्षपछि अस्ट्रेलियाको रेकर्ड आफ्नो नाममा पार्न सफल भए। यसअघि २००२ मा म्याथ्यु हेडनले गरेको लगातार दुई शतक पछि शतक प्रहार गर्ने खेलाडी बने।
पहिलो इनिङमा १ सय ४४ रनको सानदार प्रदर्शन गरेका स्मीथले दोस्रो इनिङमा पनि शानदार प्रदर्शन गरे। दोस्रो इनिङमा उनले १४२ रनको इनिङ खेले। अष्ट्रेलियाका लागि स्मिथ र ट्राभिस हेडले एक सय ३० रनको साझेदारी गरेका थिए। जसमा हेडले ५१ रन बनाए। चौथो दिनको दोस्रो सेसनको सुरुवातमा नै स्मिथले शतक प्रहार गरे।
चाँडो २५ शतक प्रहार गर्ने दोस्रो खेलाडी
स्मीथले पछिल्लो १० एसेजमा १ हजार १ सय १६ रन प्रहार गरेका छन्। त्यो भनेको औसतमा १३९.५ रन हो। त्यसोत उनी छिटो २५ शतक प्रहार गर्ने दोस्रो खेलाडी समेत बने। उनले भारतीय कप्तान विराट कोहलीलाई पछि पारे। कोहलीले १२७ इनिङमा २५ सतक प्रहार गरेका थिए। तर स्मिथले भने ११९ इनिङमा २५ शतकको कीर्तिमान बनाए। सर्वाधिक चाँडो २५ शतक प्रहार गर्ने खेलाडी डन ब्रेडम्यान रहेका छन्। उनले केवल ६८ इनिङमानै २५ शतक प्रहार गरेका छन्। उनी एसेजमा लगातार दुई शतक प्रहार गर्ने पाँचौ अस्ट्रेलियन खेलाडी हुन्।
एसेजमा लगातार दाेहाेराे शतक
वारेन बार्डस्ले–१३६ र १३० ओभल मैदान (१९०९)
अर्थर मोरिस–१२२ र १२४ ऐडिलेड मैदान (१९४६–४७)
स्टेभ वाग– १०८ र ११६ म्यानचेस्टर (१९९७)
म्याथ्यु हेडन–१९७ र १०३ ब्रीस्बन मैदान (२००२-०३)
स्टीभ स्मीथ १४४ र १४२ बर्मिङघम (२०१९)
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।