बेलायतका पाँचमध्ये एक शिक्षक विद्यार्थीबाट दुर्व्यवहारको शिकार भइरहेका छन् । विद्यालयहरू महामारीपछि विद्यार्थीको व्यवहारमा आएका परिव...
जम्मू-काश्मिरलाई केन्द्र शासित प्रदेश बनाउने र राज्यबाट अनुच्छेद ३ सय ७० खारेज गरेपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीका नाममा सम्बोधन गरेका छन्। ३७० खारेजसँगै जम्मू काश्मिर र लद्दाखमा नयाँ युगको सुरुवात भएको मोदीको भनाई छ।
अनुच्छेद ३७० को प्रयोग देशविरुद्ध भएको बताउँदै मोदीले पूरै देशले ऐतिहासिक फैसला लिएको र करोडौं देशभक्तको सपना पूरा भएको बताए। जम्मू—काश्मिर र लद्दाखका नागरिकको जीवन सुध्रने भन्दै भारतीय प्रधानमन्त्री मोदीले अब देशका सबै नागरिकको अधिकार समान भएको उल्लेख गरे।
यसअघि जम्मू काश्मिरका मानिसहरू सबै अधिकारहरूबाट बञ्चित भएका, केन्द्र सरकारले जम्मू काश्मिरमा खाली पद छिट्ठै पूर्ति गर्ने बताए। प्रधानमन्त्री छात्रवृत्ति लागू हुने पनि बताए। यस क्षेत्रको विकास अरू तीव्र रूपमा बढ्ने पनि उनले बताए। उनले यी क्षेत्र पर्यटन र चलचित्र क्षेत्रको केन्द्र बन्ने बताए। उनले चलचित्र निर्माणका लागि आफूले प्रान्तीय चलचित्र निर्मातालाई आग्रह समेत बताए।
भारतले संविधानको धारा ३७० खारेज गरेपछि भारत र पाकिस्तानबीच तनाव चुलिएको छ। यसैबीचमा उनले देशबासीका नाम सम्बोधन गर्दै जम्मु कश्मिरलाई केन्द्र सरकार मातहत ल्याउनुको कारण बताएका थिए।
यसअघि भारतले भारतसँगको राजनीतिक सम्बन्ध साँघुर्याउने तथा व्यापारिक कारोबार बन्द गर्ने निर्णयबारे पुनर्विचार गर्न भारतले पाकिस्तानलाई अपील गरेको थियो। आफ्नो उक्त निर्णय पुष्टि गर्न पाकिस्तानले दिएको तर्क तथ्यसंगत नभएको भारतको ठम्याइ छ। भारत सरकारले जम्मु–कश्मीरले प्राप्त गर्दै आएको ’विशेष दर्जा’ खारेज गरिदिएछि पाकिस्तानले एक उच्चस्तरीय बैठकमार्फत भारतसँगको राजनीतिक सम्बन्ध खुम्च्याउने र द्विपक्षीय व्यापारिक सम्बन्ध तोड्ने घोषणा गरेको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।