राजनीति

कांग्रेस बैतडीको उपसभापतिमा चतुरबहादुर चन्द

साउन २५, २०७६

    बैतडी : नेपाली कांग्रेस बैतडीको उपसभापतिमा चतुरबहादुर चन्द मनोनयन भएका छन्। जिल्ला कार्यसमितिमा सभापति नरेन्द्रसिंह थापाले चन्दले उपसभापतिमा मनोनयन गर्नका लागि गरेको प्रस्ताव सर्वसम्मत पारित भएको नेपाली कांग्रेस बैतडीका कोषाध्यक्ष रमेश पाण्डेयले जानकारी दिए। 

    नेपाली कांग्रेसको विधान २०१७ (संसोधित सहित ) को दफा १० को २ क(३) बमोजिम जिल्ला कार्यसमितिका पदाधिकारीमा निर्वाचित कार्यसमिति सदस्य-महासमिति सदस्य-महाधिवेशन प्रतिनिधि मध्येवाट पदाधिकारी मनोनयन हुने व्यवस्था रहेको छ। यस्तै जिल्ला कार्यसमितिले लेखापरीक्षण गरेर एकप्रति पार्टीका सबै निकायहरूलाई पठाउने निर्णय समेत भएको छ।

    शनिबार पार्टी सभापति नरेन्द्रसिंह थापाको अध्यक्षतामा बसेको बैठकमा पूर्व वाणिज्य राज्यमन्त्री नरबहादुर चन्दको समेत उपस्थिति रहेको थियो। यसैबीच नेपाली कांग्रेस बैतडीको उपसभापतिमा मनोनित चतुरबहादुर चन्दले पार्टीलाई गतिशील बनाउने दाबी गरे। उपसभापति चन्दले जिल्लाभरी पार्टीको संगठनलाई मजबुत बनाएर लैजाने बताए।

    जिल्लामा पार्टीलाई एकढिक्का बनाएर लैजाने र भातृसंस्थाहरूलाई पनि गतिशीलता प्रदान गर्ने उपसभापति चन्दको दाबी रहेको छ। नेपाली कांग्रेस बैतडीको १३ औं जिल्ला अधिवेशन सम्पन्न भएको ३ वर्षसम्म पनि पूर्ण हुन नसकेको अवस्था तथा बैतडीमा नेपाली कांग्रेसको संगठनलाई सुदृढ गर्ने उद्देश्यले चन्दलाई उप-सभापतिमा मनोनित गरेको सभापति थापाले बताए।

    उप–सभापतिमा मनोनित चन्द यसअघि नेपाली कांग्रेसका महासमिति सदस्य रहेका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]