समाज : सुरक्षा/अपराध

नेपाली सेनाका मेजर ब्राउन सुगरसहित पक्राउ

फाइल फोटो
साउन २५, २०७६

    काठमाडौं : सुनसरीको इटहरीबाट लागूऔषध ब्राउन सुगरसहित नेपाली सेनाका एकजना मेजर पक्राउ परेका छन्। लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको टोलीले नेपाली सेनाका मेजर अजितकुमार सिंहसहित दुईजनालाई लागूऔषध ब्राउन सुगरसहित शनिबार पक्राउ गरेको हो। 

    विराटनगरस्थित ब्यूरोको टोलीले मेजर अजितप्रतापसिंहसहित अर्का एकजनालाई पनि पक्राउ गरेको लागूऔषध नियन्त्रण ब्यूरोका एसएसपी वसन्त लामाले जानकारी दिएका छन्।।

    पक्राउ परेका मेजर सिंहसहित दुवैलाई ब्युरोको टोलीले इलाका प्रहरी कार्यालय इटहरीको जिम्मा लगाएको छ। उनीहरूको साथबाट डेढ ग्राम ब्राउन सुगर बरामद भएको काठमाडौंस्थित लागू औषध नियन्त्रण ब्यूरोले जानकारी  दिएको छ। 

    पक्राउ परेका व्यक्ति ब्राउन सुगर सेवनकर्ता भए नभएको प्रहरीले अनुसन्धान गरिरहेको छ। त्यो ब्राउन सुगर के का लागि बोकिएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मेजर सिंह नेपाली सेनाको पूर्वी पृतना कार्यालय इटहरीमा कार्यरत रहेको प्रहरीेले जानकारी दिएको छ। यो प्रकरणमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  प्रहरीले मेजरसँगै पक्राउ परेका अर्का व्यक्तिको परिचय भने खुलाएको छैन।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]