खेलकुद

प्रिमियर लिगमा म्यान्चेस्टर सिटीको शानदार सुरुवात

वेस्टह्यामको पोस्टमा ५ गोल, स्टर्लिङको ह्याट्रिक

साउन २५, २०७६

    एजेन्सी : डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगको नयाँ सिजनमा शानदार सुरूवात गरेको छ। शनिबार साँझ भएको नयाँ सिजनको पहिलो खेलमा वेस्टह्यामबविरूद्ध उसैको घरेलु मैदानमा ५-० को शानदार जित दर्ता गराएको हो। 

    उपाधि रक्षा गर्ने सन्दे दिँदै सिटीले प्रिमियर लिगमा गतिलो सुरूवात गरेको हो। सिटीको जितमा इङ्लिस स्ट्राइकर रहिम स्टर्लिङले ह्याट्रिक पहिल खेलै ह्याट्रिक गरे। सिटीको जितमाग्राबियल जेसुस र सर्जियो एग्युरोले व्यक्तिगत १-१ गोल गर्न सफल भए। 

    घरेलु टिम वेस्टह्यामविरुद्ध पहिलो हाफमा १ गोल गरेको सिटीले दोस्रो हाफमा चार गोल थप्दै ५-० को शानदार जित निकालेको हो। खेलको २५ औं मिनेटमा जेसुसले गोल गर्दै सिटीलाई अग्रता दिलाए। त्यसपछि दोस्रो हाफमा सिटीले शानदार खेल पस्क्यो । उसका लागि ५१ औं मिनेटमा स्टर्लिङले सिटीको अग्रता २-० मा पुर्याए। ७५ औं मिनेटमा स्टर्लिङले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता ३-० मा पुर्याए।

    खेलको ८६ औं मिनेटमा एग्युरोले पेनाल्टीमा गोल गर्दै सिटीको अग्रता ४-० बनाए ।  त्यसपछि खेलको ९० औं मिनेटमा स्टर्लिङले ह्याट्रिक पुरा गर्दै सिटीलाई ५-० को शानदार जित दिलाए । 

    यसअघि गयराति भएको खेलमा लिभरपुल विजयी भएको थियो। लिभरपुलले नर्विच सिटीविरूद्ध ४-० को जित निकालेको छ । सिटी गत सिजनको विजेता हो भने लिभरपुल उपविजेता हो । लिभरपुलले गत सिजन युरोपियन च्याम्पियन्स लिगको उपाधि उचाल्दा सिटीले इङ्लिस घरेलु फुटबलका सबै उपाधि कब्जा गरेको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]