कामठाडौँ : स्पट म्याच फिक्सिङमा राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर आदिल अन्सारी र पूर्व खेलाडी महबुब आलमसहित पाँच जनाले सफाइ पाएका छन्। ...
वेस्टइन्डिजले भारतविरुद्ध हुने दुई टेस्टको सिरिजका लागि १३ सदसिय टिमको घोषणा गरेको छ। पहिलो टेस्ट २२ देखी २६ अगस्ट र दोस्रो टेस्ट ३० अगस्ट देखी ३ सेप्टेम्बर सम्म हुँदै छ।
विन्डिजका छनोटकर्ताले यो पटक २६ वर्षका अलराउन्डर रहकीम कनवाललाई टिममा सहभागी गराएका छन्। ६ फिट ५ इन्च अग्ला कनवालको तौल १४० केजी रहेको छ। उनलाई विन्डिजमा ‘माउन्टेन म्यान’ का रुपमा लिइन्छ। गेललाई भने टेस्ट टिममा बोलाइएन्।
कनवालले वेस्टन्डिजमा प्रथम श्रेणीको क्रिकेटमा राम्रो प्रदर्शन गरेका छन्। उनले ५५ प्रथम श्रेणीको खेलमा २३.९० को औसतमा २६० विकेट लिएका छन्। त्यस्ते २४.४३ को औसतमा २२२४ रन बनाएका छन्।
त्यस्तै लिस्ट ए क्रिकेटमा पनि उनको प्रदर्शन निकै राम्रो रहेको छ। ४८ खेलमा उनले ३२.६३ को औसतमा १२४० रन बनाएका छन्। यस दौरानमा उनले ३ अर्धसतक र ४ शतक लगाएका छन्। उनको नाममा २६ विकेट रहेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।