राजनीति

बैतडीमा थपिए सात हजार नयाँ मतदाता

साउन ३०, २०७६

    बैतडी : आउदो मंसिरमा हुने उपनिर्वाचनको लागि बैतडीमा मतदाता नामावली अद्यावधिक कार्य सम्पन्न भएको छ।  जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रसासन कार्यालय र घुम्ती शिविरमार्फत संकलन गरिएको मतदाता नामावली संकलन अद्यावधिक गरेर निर्वाचन आयोगमा पठाइएको हो। 

    बैतडीमा यही साउन १६ गतेसम्म  १ लाख ४३ हजार २४३ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका जिल्ला निर्वाचन अधिकारी माधव फुयालले जानकारी दिए। विस २०७४ भदौ ४ गतेसम्म बैतडीमा १ लाख ३६ हजार २४२ जनाको मतदाता नामावलीमा नाम दर्ता रहेको थियो।

     प्रतिनिधिसभाको निर्वाचनमा १ लाख ३२ हजार ३१९ जनाले  मतदान गर्न पाउने अन्तिमा नामावली आएको थियो। मतदान गर्न नपाउने बाँकी १६ वर्ष पूरा भई १८ वर्ष नपुगेका रहेका थिए। १८ वर्ष पूरा भएपछि मात्रै निर्वाचनमा सहभागी हुन पाउने व्यवस्था छ।  त्यसपश्चात पुनः सुरु भएको मतदाता नामावली संकलनमा बैतडीमा ७ हजार १ जनाले आफ्नो नाम दर्ता गराएका छन्।

    संकलन भएका मतदाता नावावली निर्वाचन आयोगमा पठाइसकिएको र भदौ दोस्रो हप्ता मात्रै वास्तविक नामावली  आउने जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ। बैतडीका ३ वडामा अगामी मंसिर १४ गते उपनिर्वाचन हुने भएको छ।

    वडा अध्यक्ष रिक्त रहेको दोगडाकेदार गाउँपालिका-४, पुर्चौडी नगरपालिका-४ र सुर्नया गाउँपालिका-१ मा उपनिर्वाचन हुन लागेको हो। दोगडाकेदार गाउँपालिका-४ का वडाअध्यक्ष मानबहादुर विष्टको बिरामी भइ निधन भएको र पुर्चौडी नगरपालिका-४ का वडाअध्यक्ष गौतमप्रसाद भट्ट र सुर्नया गाउँपालिका-१ का वडाअध्यक्ष कलशबहादुर चन्दको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो।

    उक्त निर्वाचनमा यही साउन १६ गतेसम्म १८ वर्ष पूरा भई मतदाता नामावलीमा नाम दर्ता भएकाले मत हाल्न पाउनेछन्। बैतडीसहित देशभर रिक्त रहेका विभिन्न ५१ पदका लागि अगामी मंसिरमा उपनिर्वाचन हुँदैछ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]