काठमाडौं : मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक अपरान्ह ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्...
काठमाडौं : काठमाडौंमा चलिरहेको नेपाल–भारत प्रवुद्ध समूहको बैठक सोमबार सकिदैछ। दिउँसो २ बजेपछि संयुक्त बैठक सुरु हुने नेपाल समूहका संयोजक पूर्व परराष्ट्रमन्त्री भेषबहादुर थापाले जानकारी दिए। उनका अनुसार त्यसअघि नेपाली टोलीले आन्तरिक छलफल गर्नेछ।
भारतीय टोलीसामू कसरी प्रस्तुत हुने भन्ने विषयमा आन्तरिक छलफल गर्न लागिएको थापाले बताए। बैठकमा दुई देशबीच भएका विभिन्न सन्धी सम्झौताको पुनरावलोकनका विषयमा छलफल हुनेछ। छलफलले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन मद्दत पुग्ने अपेक्षा दुबै पक्षले गरेका छन्।
समूहमा नेपालका तर्फबाट डा थापाको संयोजकत्वमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, पूर्वकानुनमन्त्री नीलाम्बर आचार्य र सांसद डा राजन भट्टराई रहेका छन्।
भारतका तर्फबाट पूर्वमुख्यमन्त्री भगतसिंह कोसियारीको संयोजकत्वमा जयन्त प्रसाद, महेन्द्र पी लामा र बिएस उप्रेती रहेका छन्। पहिलो बैठक भएकाले छलफलको विधि कस्तो बनाउने र कसरी अघि बढ्ने भन्ने सम्बन्धमा बैठक केन्द्रित हुने बताएका छन्। दुई वर्ष कार्यकाल रहने समूहको संयुक्त बैठक प्रत्येक तीन/तीन महिनामा बस्नेछ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।