समाज

बसको ठक्करले आमाको मृत्यु, छोरी गम्भीर घाइते

असार २१, २०७३

    उर्लाबारी (मोरङ) : उर्लाबारीमा मंगलबार बिहान मोटरसाइकलको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ। 

    दुर्घटनामा उनकी छोरी गम्भीर घाइते भएकी छन्। बिहान साढे ११ बजे उर्लाबारी– १ स्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ गइरहेको को ४ प ४७४३ नम्बरको स्कुटरलाई सोही दिशातर्फ गइरहेको बा ४७ प ३९३४ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो।

    दुर्घटनामा स्कुटर चालक मोरङकै पथरीशनिश्चरे– २ की ३५/४० वर्षकी कविता धिमालको मृत्यु भएको हो। दुर्घटनामा परी गम्भीर घाइते भएकी महिलाको उर्लाबारीकै अरनिको अस्पतालमा उपचारका क्रममा बिहान पौने १२ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजकुमार राईले जानकारी दिए। 

    दुर्घटनामा स्कुटरको पछाडि सवार उनकी १७ वर्षीया छोरी अनिशाको अरनिको अस्पतालमै उपचार भइरहेको छ। ठक्कर दिने मोटरसाइकल र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]