विश्व

जर्मनीको हेलमा गोली चल्यो, २ जनाको मृत्यु

असोज २२, २०७६

    जर्मनीको हेल नगरमा बुधबार भएको गोलीकाण्डमा कम्तीमा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले गोली चलाउने व्यक्तिको खोजी कार्यलाई तिब्र बनाएको छ।

    प्रहरीले ट्वीट गर्दै गोली चलाउने व्यक्तिहरू कारमा चढेर फरार भएका र उनीहरूको खोजी कार्य तिब्र बनाइएको जनाएको छ। हेल नगरको रेलवे स्टेसन बन्द गरिएको छ भने मानिसलाई घरबाहिर ननिस्कन प्रहरीले अनुरोध गरेको छ। उक्त घटनाको कुनै पनि व्यक्ति वा समूहले जिम्मेवारी लिएको छैन। 

    बिल्ड दैनिक अखबारका अनुसार पालस जिल्लाको एक यहुदी प्रार्थनागृह अघिल्तिर उक्त गोलीकाण्ड भएको छ। यहुदीको समाधिस्थलतर्फ एउटा हाते ग्रिनेड पनि फालिएको अखबारले स्थानीयको भनाई उद्धृत गर्दै जनाएको छ।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]