अर्थ

असिनाले १५ हजार मुरी धान उत्पादन हुने खेतमा क्षति, कृषक चिन्तित

असोज २२, २०७६

    म्याग्दी : म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटमा मंगलबार वडा दशैंका दिन परेको भीषण असिनाका कारण भित्र्याउने बेलाको १५ हजार मुरी धान उत्पादन हुने खेतमा पूर्ण क्षति पुगेको छ। 

    असिनाका कारण ७५ लाख वरावरको धानवालीमा क्षति पगेको बेनी नगरपालिका  २ ज्यामरुककोटका अध्यक्ष हिरावहादुर थापाले बताए। मंगलवार अपरान्ह २ बजेदेखि परेको भीषण असिनाका कारण ज्यामरुककोटको गौश्वारा, तमाने, विमिराबोट, फापरखेत लगायतका ठाउँमा लगाएको धानबाली, कोदो, फलफूल लगायतको बालीमा क्षति पुगेको हो।

    असिनाका कारण स्थानीय भद्रवहादुररिजालको ५२ मुरी धान उत्पादन हुने खेतको धान वाली पूर्ण रुपमा क्षति पुगेको छ। त्यसैगरी डम्मरवहादुर पोख्रेलको २५ मुरी, लिला जौसीको २५ मुरी, चन्द्रकान्त शर्माको २५ मुरीलगायत सयौं किसानको खेतमा लगाएको धान बालीमा क्षति पुगेको हो।

    ज्यामरुककोटको गौश्वारा, तमाने र विमिराबोट क्षेत्रका ३ सय घरपरिवारमध्ये १५० घरपरिवारको खेतमा लगाएको धानबालीमा पूर्ण क्षति पुगेको छ भने १५० परिवारको खेतमा भने आंशिक क्षति पुगेको बेनपा २ का वडा सदस्य डम्मरवहादुर पोख्रेलले बताए। असिना पीडित भद्रवहादुर रिजालका अनुसार ५२ मुरी धान उत्पादन हुने खेतमा लगाइएको धान असिनाले एक दाना पनि काम नलाग्ने गरी झारेको छ।

    खेतमा धानको नल मात्र बाँकी रहेको छ भने दाना एउटा पनि छैन। बेनपा २ का वडाअध्क्ष हिरावहादुर थापाले असिनाका कारण १५ हजार मुरी धान क्षति पुगेको र यसवाट कृषकलाई ७५ लाख बराबरको नोक्सान भएको बताए। वडाअध्यक्ष थापाका अनुसार विपदकालीन वैठक वसेर क्षतिको यथार्थ विवरण संकलन कार्य भइरहेको र एक दुई दिन भित्रमा वास्तविक क्षतिको विवरण सार्वजनिक गरिने छ।

    असिनाले धान खेती सखाप पारेपछि स्थानीय कृषकहरू चिन्तित बनेका छन्। उनीहरूले राहत पाउन नसकेमा भोकै मर्नुको विकल्प नरहेको बताएका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]