राजनीति

सीको भ्रमणमा उठाइने एजेण्डामा छलफल गर्न प्रधानमन्त्रीको बोलाए ६ पूर्वप्रधानमन्त्री

असोज २३, २०७६

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार (आज) बिहान ६ पूर्वप्रधानमन्त्रीलाई छलफलको लागि बोलाएका छन्।  चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमण तालिका सार्वजनिक भएसँगै ओलीले छलफलको लागि पूर्वप्रधानमन्त्रीलाई बोलाएका हुन्। 

    चिनियाँ राष्ट्रपतिको तर्फबाट २३ वर्षपछि हुन लागेको यो भ्रमणमा प्रभावकारी बनाउनको लागि आवश्‍य एजेण्डामा छलफल गर्न नौ बजे बालुवाटारमा बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी गराए। 

    विदेशी राष्ट्रबाट हुने राजकीय भ्रमणको समयमा आफ्नो तर्फबाट कसरी प्रस्तुत हुने भन्ने एजेण्डा तय गर्न पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गर्ने प्रचलनअनुसार नै प्रधानमन्त्रीले छलफल गर्न लागिएको हो। 

    छलफलका लागि पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्दलगायतलाई बोलाइएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]