समाज

नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय तमु सम्मेलन, तयारी पूरा

असोज २३, २०७६

    काठमाडौं : शुक्रबार र शनिबार नेपालमा पहिलोपटक हुन लागेको अन्तर्राष्ट्रिय गुरुङ (तमु) सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। सम्पूर्ण गुरुङ (तमु) समुदायको छाता संगठन तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्को आयोजनामा असोज २४ र २५ गते हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको हो ।

    गुरुङ समुदायको एकता, अस्तित्व र पहिचानलाई केन्द्रमा राखेर हुन लागेको सम्मेलनमा देशका सातै प्रदेश र ६३ वटा जिल्लाका प्रतिनिधिको सहभागिता रहनेछ ।

    परिषद्का अध्यक्ष रेशम गुरुङले नेपालमा पहिलोपटक हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनमा भारत, भूटान, हङ्कङ, बेलायत, अमेरिका, अस्ट्रेलिया, बेल्जियम, म्यान्मालगायत विश्वका विभिन्न ३५ देशमा रहेका गुरुङ सङ्घ, संस्थाका प्रतिनिधिको सहभागिता हुने जानकारी दिए। 

    “सम्मेलनमा प्रत्येक जिल्लाबाट तीन जना प्रतिनिधि, विभिन्न देशबाट पाँच जना प्रतिनिधि र गुरुङ समुदायका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वको सहभागिता हुनेछ”, उनले भने। दुई दिनसम्म चल्ने सम्मेलनमा विभिन्न चार शीर्षकमा छ वटा कार्यपत्र प्रस्तुत गरिनेछ ।

    सम्मेलनमा प्रा डा ओम गुरुङले आदिवासी ‘जनजातिको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आन्दोलन र तमु समुदायको सवाल’, डा गणेश गुरुङ र डा सुमित्रा मानन्धर गुरुङले ‘तमु समुदाय र आर्थिक समृद्धि’, डा टेकबहादुर गुरुङले ‘गुरुङ जातिको उत्पत्ति’ र बालनरसिंह गुरुङले ‘खेमा लिपि’ विषयमा कार्यपत्र प्रस्तुत गर्ने अध्यक्ष गुरुङले बताए। 

    विश्वभर रहेका गुरुङ जातिबीच पारिवारिक सम्बन्ध कायम गर्दै उनीहरूको गौरवमय इतिहासको खोजी तथा निर्माण गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको परिषद्का महासचिव सूर्य गुरुङले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]