समाज

झापा र इलाममा पानीमा डुबेर दुई बालिकाको मृत्यु

असोज २३, २०७६

    झापा : पानीमा डुबेर झापा र इलाममा दुई जना बालिकाको मृत्यु भएको छ। प्रहरी कार्यालय झापाका अनुसार झापाको शिवसताक्षी नगरपालिका १ बस्ने नरनाथ राईको ४ वर्षीया छोरी खानुमा राई पोखरीमा डुबेर मृत्यु भएको छ।

    आँगनमा खेल्ने क्रममा घर नजिकै रहेको पोखरीमा डुबिरहेको अवस्थामा आफन्तजनले देखेपछि तत्काल बालिका राईलाई उद्धार गरी अस्पताल पुर्‍याइएको थियो। उनको उपचारको क्रममा लाइफलाइन अस्पताल दमकमा बुधवार दिउँसो मृत्यु भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए।

    उता इलामको माई नगरपालिका ५ रमिते बस्ने जीवन मगरको १८ महिने छोरी जमुना मगरको बाल्टिनमा राखेको पानीमा डुबेर मृत्यु भएको छ। जमुना खेल्ने क्रममा आफ्नै आँगनमा राखिएको बाल्टिनको पानीमा डुबेर घाइते भएकी थिइन।

     उनलाई उपचारका लागि बिर्तामोड लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।  

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]