समाज : सुरक्षा/अपराध

जुवाको खालबाट साझा पार्टीका सुनसरी संयोजकसहित ६ जना पक्राउ

असोज २३, २०७६

    धनकुटा : इटहरीमा रहेको सिटी गेस्ट हाउसबाट जुवा खेलिरहेको अवस्थामा साझा पार्टीका सुनसरी संयोजकसहित ६ जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट नगद रुपैयाँ र तासका गड्डी पनि बरामद गरेको छ।

    सिटी गेष्ट हाउसभित्र तास खेल्दै गर्दा इटहरी ९ घर घएका संयोजक राम गिरीसहित सोही ठाउँका सरोज राउत, सरोज बोहोरा, केशव बस्नेत, रामधुनीका महेश राजवंशी र योगेन्द्र गिरीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ।

    तासको खालबाट तीन लाख ६५ हजार ३६० रुपैयाँ नगदसमेत बरामद भएको इलाका प्रहरी कार्यलय इटहरीले जानकारी दिएको छ। इटहरी क्षेत्रमा तास जुवा खेल्नेहरूलाई निगरानीमा राखेकोसमेत प्रहरीले बताएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]