समाज : सुरक्षा/अपराध

ठूलो परिमाणको लागुऔषधसहित एक नेपाली भारतमा पक्राउ

भारतीय सुरक्षाकर्मीसँग समन्वय गरी नियन्त्रण अभियानमा जुटेका छौँ : एसपी मैनाली

असोज २३, २०७६

    भद्रपुर : भारतबाट नेपाल भित्रिने लागुऔषध (ड्रग्स) नियन्त्रण नहुँदा नेपाल प्रहरीलाई समस्या भइरहेको बेला भारतीय सुरक्षाकर्मीले पनि सीमा क्षेत्रमा लागुऔषध नियन्त्रणमा चासो देखाएको छ। 

    सीमामा तैनाथ भारतीय सुरक्षाकर्मीले लागुऔषध नियन्त्रणमा खासै चासो नदेखाएको भन्दै नेपाल–भारतको सुरक्षा निकायको बैठकमा पटक–पटक लागुऔषध नियन्त्रणको विषयमा छलफल हुने गरेको छ। 

    केही दिनअघि मात्र भारतको किशनगञ्ज जिल्ला गलगलियास्थित भातगाउँ एसएसबी क्याम्पमा बसेको दुवै देशका सुरक्षा निकाय प्रमुख बिच लागुऔषध नियन्त्रण गर्ने विषयमा भएको सहमतपश्चात् बल्ल भारतीय सुरक्षाकर्मीले भारतबाट नेपाल भित्रिने लागुऔषध नियन्त्रणमा चासो बढाएको छ। 

    सशस्त्र प्रहरी बल (एसएसबी)ले नेपाल भित्राउन लागेको ठुलो परिमाणमा लागुऔषधसहित एक नेपाली नागरिकलाई पक्राउ गरेको छ। एसएसबी ४१ वटालियन टोलीले कादोमोनीजोतस्थित नेपाल भारतको ९६/१५ नम्बरको सीमा पिलर नजिकैबाट लागुऔषधसहित इलाम जिल्ला लक्ष्मीपुर ८ बस्ने ४४ वर्षीय इन्द्रबहादुर राईलाई पक्राउ गरिएको भारतीय एसएसबीले जनाएको छ। 

    उनलाई झापाकै मनिष थापाले लागुऔषध भित्राउन सहयोग गरेको एसएसबीको अनुसन्धानबाट खुलेको जनाइएको छ। एसएसबीले राईको साथबाट फेनारगन, लुपिजेसीक, डाइजोपाम गरी २८५५ एम्पुल लागुऔषध बरामद गरेको हो। उनलाई लागुऔषधसहित आवश्यक कारबाहीका लागि खोरीबारी थानालाई बुझाइसकेको जनाइएको छ। 

    नेपालमा प्रतिबन्धित मानिएका लागुऔषध भारतको औषधि पसलहरूमा खुलेआम बिक्री वितरण हुने गरेकाले भारतीय सीमावर्ती बजारमा नेपाली युवायुवती लागुऔषध खरिद तथा सेवन गर्न भारत जाने गरेका छन्। 

    भारतबाट ल्याएका लागुऔषध नेपाल भित्रिने क्रम नरोकिएपछि भारतीय सुरक्षा निकायसँग समन्वय गरी नियन्त्रण तथा रोकथाम अभियान सुरु गरिएको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

    ‘काँकडभिट्टा नाकाबाट दिनहुँ लागुऔषध सेवा तथा प्रयोगकर्तालाई लागुऔषध ब्युरो नियन्त्रण शाखाको टोलीले नियन्त्रणमा लिँदै आइरहेको छ्र’, प्रहरी उपरीक्षक मैनालीले भने, ‘त्यही पनि झापामा लागुऔषध नियन्त्रण हुन सकेको छैन, अब भारतीय सुरक्षाकर्मीसँग समन्वय गरी यसलाई रोकथाम गर्न अभियानमा जुटेका छौ।’   

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]