राजनीति

सीको नेपाल भ्रमण : नेपाल-चीन सुपुर्दर्गी सन्धीमा हस्ताक्षर नहुने

असोज २३, २०७६

    काठमाडौं : नेपाल र चीनबीच सुपुर्दर्गी सन्धीमा हस्ताक्षर नहुने भएको छ। आगामी शनिबारदेखि आइतबारसम्म चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपालको राजकीय भ्रमणका क्रममा उक्त सन्धीमा हस्ताक्षर हुने भनिएको थियो तर तयारी पूरा नभएकाले उक्त सन्धीमा हस्ताक्षर नहुने भएको छ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार पूर्वप्रधानमन्त्रीहरू, पूर्वपरराष्ट्रमन्त्रीहरू र विदेश विज्ञहरूसँग बालुवाटारमा गरेको छलफलका क्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र चीनबीच सुपुर्दर्गी सन्धीमा हस्ताक्षर नहुने जानकारी दिएको बताइएको छ। मन्त्री ज्ञवालीले उक्त विषयमा दुवै देशका अधिकारीबीच छलफल जारी रहेकाले तत्काल हस्ताक्षर नहुने बताएका थिए।

    बैठकमा पूर्वप्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई लगायतले नेपालले चीनसँग सुपुर्दर्गी सन्धी गर्न नहुने सुझाव दिएका थिए। बैठकमा सहभागी एक नेताका अनुसार चीनसँगको सुपुर्दर्गी सन्धी संवेदनशील भएकाले हतारमा त्यसमा हस्ताक्षर गर्न नहुने देउवा र भट्टराईले बताएका थिए।

    सम्बन्धित समाचार :

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]