समाज

युगकविको जन्मस्थलमा फहराइयो ३४ फिटको राष्ट्रिय झण्डा!

असोज २३, २०७६

    ओखलढुंगा : युगकवि सिद्धिचरण श्रेष्ठको जन्मभूमिमा ३४ फिटको राष्ट्रिय झण्डा फहराइएको छ। प्रदेश १ सरकारको सहयोगमा संविधान दिवसको अवसर पारेर फहराइने भनिएको झण्डा केही हप्तापछि मात्रै फहरायएको हो।

    प्रदेश सरकारको सहयोगमा ओखलढुंगा आइपुगेको राष्ट्रिय झण्डा र पोल पर्यटकीय क्षेत्रको रूपमा परिचित सिद्धिचरण श्रेष्ठको जन्ममस्थानमा फहराइएको हो।

    ओखलढुंगा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई मनोरम दृश्य देखाउन सिद्धिचरण श्रेष्ठको जन्मस्थलमा रहेको उनको पूर्णकदको शालिक नजिक झण्डा फहराइएको ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद आर्चायले जानकारी दिए।

    ओखलढुंगा आइपुग्ने आगन्तुकले सिद्धिचरणको शालिक र ओखलढुंगाको मात्रै नभई राष्ट्रिय झण्डाको पनि फोटो खिचेर जाने उनको भनाई छ। ओखढुंगा आउने आन्तरिक तथा बाह्य पर्यटकले प्रचार गरेर अरुलाई पनि यहाँ आउन प्रेरित गर्नका लागि सदरमुकाममा जिल्लाको परिचय बोकेको ओखल जस्तै देखिने ढुंगो, सोही ठाउँमा युगकवि श्रेष्ठको पूर्णकदको शालिक, संग्रहालय र श्रष्टापार्कको प्रवेशद्वार बनाइएको छ।

    सिद्धिचरण नगरपालिकाकालाई पर्यटकीय नगरका रूपमा विकास गरिने नगरप्रमुख मोहनकुमार श्रेष्ठको भनाई छ।

    जिल्लामा अहिले सम्मकै ठुलो झण्डा फहराइएको, लगलगे भ्यु टावर, श्रष्टापार्क, सिद्धिचरण पार्क, संग्रहालय ओखलढुंगो, ठाडेहोमस्टे सहितका क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउन आवश्यक पहल भइरहेको उनले बताए। आफुहरूले सम्भावित ठाउँहरूलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिरहेको र पर्यटन प्रवर्धन गरेर दिगो विकासको लक्ष्य हासिल गर्ने हाम्रो लक्ष्यका साथ नगरपालिका अगाडि बढी रहेको श्रेष्ठको भनाई छ।

    झण्डाले जिल्ला सदरमकाम ओखलढुंगालाई र सिद्धिचरणको जन्मभूमिलाई थप रौनकता दिएको छ।

    पूर्वाधारको अभाव र प्रचारको अभावमा सिद्धिचरण नगरक्षेत्रका सम्भावित ठाउँहरू ओझेलमा छन्। पर्यटकहरूमा सिद्धिचरण श्रेष्ठले ‘मेरो पियारो ओखलढुंगा’ कवितामा लेखेको जस्तो ओखलढुंगा हेर्ने चाहाना राखेपनि कवितामा उल्लेख गरिएजस्तो सफा, स्वच्छ र सुन्दर बनाउन नसकिएको आवाज पनि उठ्ने गरेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]