समाज

सर्लाहीमा ६ दिनदेखि फोहोर उठ्न सकेन

असोज २३, २०७६

    सर्लाही : जिल्लाको प्रमुख ब्यापारिक केन्द्र बरहथवा बजारमा ६ दिनदेखि फोहोर उठ्न नसक्दा दुर्गन्ध फैलिएको छ।

    दशैंमा पारश्रमिक नपाएको र सेवा सुविधा वृद्धिको माग गर्दै फोहर उठाउने (मेस्तर) ले गत शनिबारदेखि फोहोर उठाएका छैनन्। मेस्तरले फोहोर उठाउन छाडेपछि बरहथवा बजार कुरुप बन्नुका साथै दुर्गन्ध फैलिएको हो। बरहथवा बजारमा १२ जना मेस्तरले फोहोर उठाउँदै आएका छन्। उनीहरूले मध्ये दशजनाले श्रावण र भदौ महिनाको पारिश्रमिक पाएका छन् भने दशैं खर्च र पोशाक नपाएको भन्दै फोहोर उठाउने काम बन्द गरेका हुन्।

    १२ जना मेस्तरमध्ये बिकाउ हलखोर र मनोज हलखोरको नगरपालिकाले दशैं पेश्की र पोशाक भत्ता परै जाओस पारिश्रमिक नै नदिएको गुनासो गरे। नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृतले पारिश्रमिक वृद्धि गर्ने र पोसाक उपलब्ध गराउने पटक-पटक मौखिक आश्वासन दिए पनि कार्यान्वयन नभएको बजारको फोहोर उठाउने काम गर्दै आएका भएका बिकाउ हलखोरले गुनासो गरे।

    फोहोरमैलाका कारण बजारमा दुर्गन्ध फैलिँदा समेत नगरपालिकाले चासो नदिएको भन्दै बरहथवा बजारका स्थानीय र व्यापारीले बिहीबार बिहान नगरपालिका कार्यालयमै चार ट्याक्टर फोहोर ल्याएर फाँलेका छन्। यसरी कार्यालय नै बन्द हुने गरि फोहोरको डंगुर ल्याएर थुपारेपछि सेवाग्राही त्यसै फर्किन बाध्य भएका छन्।

    उद्योग वाणिज्य संघ बरहथवाका अध्यक्ष निरञ्जनप्रसाद दासले नगरपालिका कार्यालयले मेस्तरको माग बेलैमा सुनुवाई नगर्दा यो अवस्था आएको बताए। बरहथवा नगरपालिकाका प्रमुख देवानन्द महतोले नयाँ कर्मचारीलाई मेस्तरको संख्या थाहा नहुँदा दुई जना मेस्तरलाई अरुसँगै पारिश्रमिक दिन नसकिएको स्वीकार गर्दै दशैं अघि नै आफूले पैसा खोजेर नगद नै पारिश्रमिक उपलब्ध गराइ सकेको दावी गरे। 

    मेस्तरहरूको जायज माग सम्वोधन गर्न नगरपालिका सकारात्मक रहेकाले तत्कालै वार्ता गरेर समस्याको निकास निकाल्ने नगर प्रमुख महतोले बताए। बजारमा फोहोर उठाउने मेस्तर समुहका नाइके दिलिप हलखोरले नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसँग आफूहरूको माग पटक-पटक राख्दै आएको भए पनि सुनुवाइ नगरेको आरोप लगाए।

    'समयमै हाम्रो माग सम्बोधन गरी दिएको भए आज यस्तो समस्या आउने थिएन',नाइके हलखोरले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]