समाज

बढी भाडा लिने चालकलाई कारवाही

असोज २३, २०७६

    तनहुँ : चाडपर्वको मौका छोपी बढी भाडा लिने चालकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले कारवाही गरेको छ। यात्रुको गुनासो तथा ट्राफिक प्रहरीको जाँचको आधारमा बढी भाडा असुल्ने चालकलाई कारवाही गरिएको हो।

    ट्राफिक प्रहरी प्रमुख पूर्णबहादुर अधिकारीका अनुसार काठमाडौँदेखि पोखरा तथा मुग्लिङदेखि पोखरासम्म चल्ने बसका चालकले बढी भाडा लिएको गुनासो आएपछि कारवाही गरिएको हो।

    'साविकभन्दा बढी भाडा लिएको पाइएपछि चालकलाई जनही रु एक हजार जरीवाना गरिएको हो', उनले भने। यस्तै काठमाडौँदेखि पोखरासम्म चल्ने माइक्रोबसका चालकले यात्रुको सामान छतमा राखेबापत् रु एक हजारसम्म भाडा लिएको गुनासो आएपछि प्रहरीले चार माइक्रोबसका चालकलाई कारवाही गरेको छ।

    'चालकलाई जनही रु एक हजार पाँच सय जरिवाना गरेका छौँ', उनले भने। चाडपर्वको बेला यात्रुको बाध्यतालाई चालकले मौकाको फाइदाका रुपमा लिँदै बढी भाडा असुल्ने गरेका छन्। बढी भाडा लिए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा फोन गरेर जानकारी गराउन अधिकारीले यात्रुलाई आग्रह गरे।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]