राजनीति

रोजगारीका लागि विदेशिनु दुःखद : अध्यक्ष तिमिल्सिना

असोज २३, २०७६

    काठमाडाैं : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दैनिकजसो सयौंको संख्यामा रोजगारीका लागि युवा विदेशिनु दुःखद भएको बताए।

    अध्यक्ष तिमिल्सिनाले मुलुकभित्रै प्रशस्त रोजगारीको अवसर र लगानीको वातावरण रहे पनि बेरोजगारीको संख्या बढ्नु बिडम्बना भएको बताए। उनले भने,'रोजगारी सिर्जनालाई तीनै तहका सरकारले जोड दिनुपर्छ।'

    दक्षिण पर्वतको हुवासमा बिहीबार आयोजित अन्तर्राष्ट्रिय पर्वत समाजको दोस्रो अधिवेशनमा अध्यक्ष तिमिल्सिनाले दुई तिहाई बहुमतको सरकार गठन भएपछि मुलुकमा विकास निर्माणले पनि गति लिएको र लगानीको समेत वातावरण बन्दै गएको उल्लेख गरे। 

    उनले सीमित स्रोत साधन र भौगोलिक विकटताका कारण नेपाल आर्थिक रुपमा सवल हुन अझै केही वर्ष लाग्ने बताए। उनले ऊर्जा, उद्योग, जडीबुटी र पर्यटनको क्षेत्रमा लगानीकर्तालाई आकर्षित गर्न गैरआवासीय नेपालीलाई आग्रह पनि गरे।

    कार्यक्रममा प्रतिनिधिसभा सदस्य पदम गिरीले प्रवासी पर्वतेलीको संगठन अन्तर्राष्ट्रिय पर्वत समाजले जिल्लामा लामो समयदेखि पुर्‍याउँदै आएको योगदानको प्रशंसा गरे। उनले जिल्लाको आर्थिक, सामाजिक र भौतिक विकासका लागि साझेदारी गरेर अघि बढ्न तयार रहेको बताउँदै लगानीका क्षेत्र पहिचान गरी प्रवासीले आर्जन गरेको पूँजीलाई एकत्रित गरेर लगानी गर्न समेत आग्रह गरे।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]