काठमाडौं : भारतको गोवाबाट सम्पर्क विहीन भएकी धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी सम्पर्कमा आएकी छन्। ...
दाङ : दाङमा सर्पको टोकाईबाट एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर बिरामी परेका छन्।
मृत्यु हुनेमा घोराही उपमहागनरपालिका १० झारगैरा निबासी ३५ बर्षका बुदिराम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता विनोदविक्रम शाहले बताए। चौधरीलाई मसुरो छर्ने क्रममा डूम सर्पले टोकेको थियो।
सर्पकले टोकेलगत्तै उपचारका लाग राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही ल्याउने क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। त्यसैगरी सर्पको टोकाईबाट पश्चिम दाङको शान्तिनगर गाउँपालिका २ बाघमारे निबासी ६० बर्षका रामबहादुर रावत गम्भीर बिरामी परेका छन्।
घरको बरण्डामा बसीरहेका बेला रावतलाई सर्पले टोकेको थियो। अचेत अवस्थाम रहेको रावतको राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा उपचारपछि थप उपचारका लागि नेपालगंज रिफर गरिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।