समाज

बिदा सकिए पनि दिनभर सुनसान सरकारी कार्यालय

असोज २३, २०७६

    भक्तपुर : सरकारले दिएको दशैको विदा आजदेखि सकिए पनि आज दिनभर जिल्लाका सरकारी कार्यालय भने सुनसान भएका छन्। जिल्ला प्रशासन कार्यालयदेखि अन्य सरकारी कार्यालयमा समेत कर्मचारी र सेवाग्राही नहुँदा कार्यालय सुनसान भएका थिए। दशैं बिदा सकिए पनि दशैँ नसकिएकाले कार्यालयहरूमा ४० प्रतिशत कर्मचारी मात्रै हाजिर भएको पाइएको छ भने सेवाग्राही फाट्टफुट्ट मात्रै आएका छन्।

    जिल्ला प्रशासन कार्यालय भक्तपुरमा कर्मचारी अत्यन्त न्यून उपस्थिति भए र सेवाग्राही पनि कम आउँदा कार्यालय दिनभरी नै सुनसान देखिएको थियो। यातायात कार्यालय जगातीमा भने केही सेवाग्राही आए पनि आएका सेवाग्राहीको समयमै काम सकिएको र अन्य सेवाग्राही नआएको भन्दै कार्यालय समय भन्दा दुई घण्टा अगावै कार्यालय बन्द भएको थियो।

    आन्तरिक राजश्व, पशु, स्वास्थ्य, डिभिजन सडक, खानेपानी, घरेलु, शिक्षा लगायतका अधिकांश कार्यालयमा सेवाग्राही नआएको र कर्मचारी पनि न्यून उपस्थिति भएपछि कार्यालय दिनभरी नै सुनसान देखिन्थे। सेवाग्राही नआएपछि र कर्मचारीको उपस्थिति पनि कम भएपछि अधिकांश सरकारी कार्यालय आज ३ बजे नै बन्द भएका थिए।

    आफूले पाउने अन्य बिदा कटाएर कर्मचारीले दशैंमा बिदा थप गरेर जाने भएकाले पनि कर्मचारीको उपस्थिति न्यून भएको जिल्लाका अधिकांश सरकारी कार्यालय भने ३ बजे नै बन्द भएका थिए। खुलेका केही कार्यालयमा पनि कार्यालय सहायक मात्रै थिए।

    धेरैजसो कार्यालयमा कार्यालय प्रमुख समेत नआएपछि कतिपय आएका कर्मचारी पनि हाजिर गर्दै निस्किएका थिए। कार्यालयमा कर्मचारी नआउँदा यसको अनुगमन भने जिल्लाका कुनै पनि कार्यालयमा भएन। जिल्लाका नगरपालिकामा समेत कर्मचारी र सेवाग्राही कम रहेको पाइएको थियो।  

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]