छापा

निवर्तमान सभामुख महरामाथि सूक्ष्म अनुसन्धान

असोज २४, २०७६

    काठमाडौं : यौन दुर्व्यवहार आरोपमा हिरासत रहेका निवर्तमान सभामु्ख कृष्णबहादुर महरामाथि प्रहरी र सरकारी वकिल एकीकृत रुपमा अनुसन्धनमा जुटेका छन्।

    पीडित महिलाको जाहेरीका आधारमा अनुसन्धान गरी तथ्य पत्ता लगाउन अनुसन्धान थालिएको हो। महरा असोज १९ गते बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ परेका हुन्। जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जीको अनुमति दिएपछि उनलाई हिरासतमा लिइएको थियो। उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ।

    ‘प्रहरी र सरकारी वकिलको समन्वयात्मक अनुसन्धान सुरु भएको छ। अहिले घटनासम्बद्ध प्रमाण संकलन गरिँदै छ,’ जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख चन्द्रकान्त खनालले भने, ‘अनुसन्धान सुरु भएको छ। कहिले सकिन्छ भनेर अहिल्यै भन्न सकिन्न।’

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]