समाज

सीको भ्रमणमा नेपालको प्राथमिकता: रेलमागको डिपिआरदेखि नाका स्तरोउन्नतिसम्म

असोज २४, २०७६

    काठमाडौं : चिनियाँ राष्ट्रपति सीको चिनपिङको नेपाल भ्रमणका क्रममा नेपाल सरकारले  केरुङ काठमाडौं रेलमागको डिपिआरदेखि नाका स्तरोउन्नतिसम्मका विषयलाई उठाउने तयारी गरेको छ। शनिबार र आइतबार हुने भ्रमणका क्रममा नेपालले यी एजेण्डा उठाउन थालेको हो। 

    रेलमार्ग निमार्णको मोडालिटी, लगानी र अन्य विषय डिपिआरपछि टुंगो लाग्ने छ अहिले डिपिआर सम्झौता गरिने छ। त्यस्तै काठमाडौं, टोखा नुवाकोटको ६ किलोमिटर सुरुङमार्ग निमार्ण गर्ने सवालमा पनि सम्झौता गर्ने तयारी गरिएको छ। कान्तिपुर दैनिकअनुसार नेपाल र चीन बीच गत वर्ष सम्झौता भएको पारवहन तथा यातायात सम्झौताको प्रोटोकलअनुसार नेपाल चीनका चार सामुन्द्रिक र तीन सुख्खा बन्दगाहाको प्रयोगका सवालमा पनि छलफल गरिने कार्यक्रम रहेको छ। 

    किमाथांका र कोराला नाकाको स्तरोन्नतिसहित संचालन तातोपानी मार्गको स्तोरनोन्नती लगायतका विषयमा पनि छलफल गरिने कार्यक्रम रहेको जनाइएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]