काठमाडौँ : कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका लोकेन्द्र शाहीको शव १६ किलोमिटर तल भेटिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रह...
सिन्धुपाल्चोक : सिन्धुपाल्चोकमा यात्रुबाहक बस दुर्घटना भएको छ। बा २ ख २७१५ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमै पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी गराए।
इन्द्रावति गाउपालि वडा १० मा सिमाटारबाट काठमाडौं आउदै गरेको बस दुर्घटना भएको हो। बसमा ४५ देखि ५० जना यात्रु रहेको प्रहरीले जनाएको छ। बस सडकबाट ५०० मिटर तल खसेको छ।
क्षतिको थप विवरण आउन बाँकी रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। उनका अनुसार दुर्घटनाको प्रकृतिले थप क्षति भएको हुन सक्ने र घटनाको थप विवरण आउन बाँकी रहेको समेत उनले बताए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।