पाल्पा : रिब्दिकोट गाउँपालिका १ ख्याहास्थित कराम्दीकी १९ वर्षीया पद्मा सुनारको हत्या आरोपमा प्रहरीले एकजना पक्राउ गरेको छ। पक्राउ पर्नेम...
सिन्धुपाल्चोक: सिन्धुपाल्चोकमा भएको यात्रु बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ।
त्यस्तै, गम्भीर घाइते भएका १३ जनालाई काठमाडौं ट्रमा सेन्टरमा उपचारको लागि पठाइएको र ५१ जना धुलिखेल अस्पतालमा उपचार गराइएको सिन्धुपाल्चोकको डिएसपी माधव काफ्लेले जनाकारी गराए। मृतक पाँच सनाखत भएको छ।
दुर्घटनामा मृत्यु हुनेमा जुनादेवी लम्साल, सुभाष अधिकारी, गणेश तामाङ, मीना मगर र सुमित पुर्कुटीको सनाखत भएको हो। अन्यको सनाखत हुन नसकेको प्रहरी नायब उपरीक्षक माधव काफ्लेले बताए।
बा२ख २७१५ नम्बरको बस क्षमताभन्दा धेरै यात्रु बोकेका कारण दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।