समाज

बैतडीमा एक हजार बढी पशुको बलि

असोज २४, २०७६

    बैतडी : दशैंमा बैतडीमा एक हजार बढी पशुको ‍बलि दिइएको छ। जिल्लाभरी रहेका विभिन्न शक्तिपीठ तथा मन्दिरहरूमा राँगा, बोका र खसीको बलि दिइएको हो। 

    महाष्टमीको दिनदेखि दशैंसम्म विभिन्न मन्दिरहरूमा लाग्ने जात्रा तथा मेलामा बलि दिने प्रचलन रही आएको छ। जिल्लाको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा मात्रै ३०१ राँगा र ३५० बोका गरी ६५१ पशुको बलि दिइएको छ। यस्तै त्रिपुरासुन्दरी, मेलौली, डिलाशैनी, उदयदेव मन्दिर लगायतका शक्तिपीठहरूमा दशैंको अवसरमा एकहजार बढी पशुको बलि दिइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए। 

    दर्शनार्थीले भाकल गरे अनुसार बलि दिने गरेको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मानबहादुर बोहराले बताए। आफूहरूले बलि दिने बिषयमा केही कुरा नगरेपनि दर्शनार्थी आँफै आएर बलि गर्ने भएकाले तत्काल रोक्नका लागि असम्भव भएको उनले बताए।

    बलि दिए मनोकामना पूर्ण हुन्छ भन्ने जनविश्वासले देवीदेवताका मन्दिर तथा शक्तिपीठहरूमा बलिसहित पूजाआजा गर्ने चलन रही आएको छ। एउटा राँगाको बलि दिँदा कम्तीमा एकलाख जति खर्च हुने गरेको स्थानीयहरुले बताएका छन्। देवीदेवताका मन्दिरमा पशुबलि दिने चलन राम्रो नभएको भन्दै पछिल्लो समयमा आलोचना समेत हुने गरेको छ। 

    निरीह पशुको बलि दिएर पुण्य प्राप्ति नहुने पाटनका कमल बोहराले बताए। पशुबलि दिने चलन पछि चलाएकाले यो प्रथा रोक्नुपर्नेमा उनको जोड छ । पशु बलि गरेर मनोकामना पूर्ण नहुने कुरा देहीमाण्डौंका तिलक बोहराको भनाई छ। पशु बलि राम्रो कार्य नभएको बोहराले बताए। तर स्थानीयले भने मनोकामना पूर्ण भएरै पशुबलि दिने गरेको बताउँछन्। सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी पशुबलि बैतडीमा दिइन्छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]