रुसले युक्रेनमा सम्भावित शान्ति पहलबारे जारी वार्तामा संलग्न नभएको प्रतिक्रिया दिएको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले वार्तामा...
चीनका राष्ट्रपति सी जिनपिङ भारत भ्रमणका सन्दर्भमा शुक्रबार अपराह्न चेन्नाई आइपुगेका छन्। उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दोस्रो अनौपचारिक शिखर बैठकका लागि चेन्नाई आएका हुन्।
बैठकका क्रममा दुबै नेताबीच दीर्घकालीन र रणनीतिक महत्व राख्ने द्विपक्षीय सम्बन्धका सबै विषयमा गम्भीर विचारविमर्श हुनेछ।
चेन्नाई भारतीय राज्य तमिलनाडुको प्रान्तीय राजधानी हो। तमिलनाडु दक्षिण भारतकै प्रमुख सांस्कृतिक, आर्थिक तथा शैक्षिक केन्द्र पनि हो। राष्ट्रपति सीको चेन्नाईमा भव्य स्वागत गरिएको थियो।
भारत भ्रमणपछि चिनियाँ राष्ट्रपति सीले शनिबारदेखि नेपालको दुई दिने भ्रमण गर्नेछन्। नेपालमा सीको स्वागतका लागि तयारी तीव्र पारिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।