राजनीति

सीको भ्रमणले महत्वपूर्ण सन्देश दिनेछ: प्रचण्ड

असोज २४, २०७६

    चितवन:    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चीनीयाँ राष्ट्रपति सी जीनपिङको भ्रमण ऐतिहासिक हुने बताएका छन्। २३ बर्षपछि हुन लागेको चीनीयाँ राष्ट्रप्रमुखको भ्रमण सामान्य विषय नभएको बताउँदै उनले यो भ्रमणले दक्षिण एसिया र नेपाल, चीन र भारत सम्बन्धमा पनि निकै ठुलो अर्थ राख्ने बताए।

    राष्ट्रपति सीको भ्रमणका अवसरमा रेल, सडक, उद्योग लगायतका क्षेत्रमा महत्वपुर्ण सम्झौता गर्ने तयारी रहेको बताउँदै यसले नेपालको पुर्वाधार निमार्णका लागि महत्वपुर्ण भुमिका खेल्ने बताए। शुक्रबार चितवनको माडीमा आयोजित एक कार्यक्रममा उनले सीको भ्रमण खाली आउने र जाने बिषय मात्र नभई नेपालको बिकासमा दिर्घकालिन प्रभाव पार्ने बताए।

    सिको नेतृत्वमा चीन विश्वकै नम्बर एक शक्ति राष्ट्र बन्ने दिशातर्फ अघि वढेको तथा अभूतपुर्व विकास गरेको बताउँदै अध्यक्ष प्रचण्डले यस्तो अवस्थामा हुने भ्रमणले निकै महत्वपूर्ण सन्देश दिने बताए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]