सर्लाही : सर्लाहीमा रोकिराखेको बसमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ। एक गम्भीर घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्...
काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पछिल्लो समय सडक दुघर्टना बढ्दै गइरहेकाले तत्काल कार्यदल गठन गरी घटनाको अध्ययन गरेर नियन्त्रण गर्न गराउन सरकारको ध्यान आकृष्ट गरेको छ।
पार्टी सभापति शेरबहादुर देउवाले शुक्रबार विज्ञप्ति जारी गरेर सिन्धुपाल्चोकको बडहरेमा शुक्रबार विहान भएको बस दुर्घटनाको छानबिन गर्न माग गर्दै सरकारको ध्यानाकर्षण गरेका हुन्।
बसमा क्षमताभन्दा बढी यात्रु सवार हुन दिनु, त्यसको नियन्त्रण नगर्नु र सवारी साधन सञ्चालन गर्नुभन्दा अगाडि त्यसको जाँच नगर्नुले दुर्घटना बढेको कांग्रेसको ठहर छ। यस्ता घटना दोहोरिन नदिन सरकारले यथाशीघ्र आवश्यक कदम चाल्नुपर्ने कांग्रेसले जनाएको छ।
सभापति देउवाले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जलि तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले घाइतेको उपचारको प्रबन्ध मिलाउन सरकारलाई आग्रहसमेत गरे।
सिन्धुपाल्चोकको सुपाघाटबाट काठमाडौँ आउँदै गरेको हेलम्वु यातायातको बा २ ख २७१५ नम्बरको बस इन्द्रावती गाउँपालिका १० बडहरे मोडमा शुक्रबार बिहान दुर्घटना हुँदा कम्तिमा १४ जनाको मृत्यु हुनुका साथै ६० बढी यात्रु घाइते भएका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।