समाज

तुम्लिङटारको गोदामघरमा लागेको आगो नियन्त्रण

फाइल फोटो
असोज २४, २०७६

    संखुवासभा : संखुवासभाको खाँदबारी नगरपालिका ९ तुम्लिङटारमा प्रवीन शेर्पाको गोदामघरमा लागेको आगो साढे दुई घण्टामा नियन्त्रणमा आएको छ। आगो दमक, प्रहरी, सेना र स्थानीयले साढे दुई घण्टामा आगो नियन्त्रणमा लिएको संखुवासभाका प्रहरी निरिक्षक सन्तोश राईले बताए।

    शेर्पाको गोदाममा विद्युत सर्ट भएको आगो लागेको प्रहरीले जनाएको छ। आगलागीबाट प्रवीन शेर्पा कोक, ड्यु, वियर, र चाउचाउको गोदाममा भएका सम्पूर्ण मालसामान जलेर नष्ट भएको प्रहरी निरीक्षक राईले जानकारी दिए। आगोलागीबाट के कति क्षति भयो भनेर विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

    आगो नियन्त्रणका लागि गएको खाँदबारी नगरपालिकाको दमकल पानी सकिएपछि आगो नियन्त्रणमा ढिला भएको स्थानीयले जनाएका छन्। आगो दिउँसो साढे १ बजे लागेको स्थानीयले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]