राजनीति

चिनियाँ राष्ट्रपतिको भ्रमणले दुई देशबीचको सम्बन्ध अझै बलियो हुन्छ: बिजुक्छे

फाइल फोटो
असोज २४, २०७६

    भक्तपुर : नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले दुई दशकपछि हुन लागेको चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध अझै बलियो हुने बताए। 

    भक्तपुरमा सञ्चालन भइरहेको ३९ औँ नेपालभाषा साहित्य तःमुँज्या अर्थात् बृहत् साहित्य सम्मेलनका क्रममा चिनियाँ राष्ट्रपतिको भ्रमणबारे उनले नेपाल र चीनबीचको प्राचीनकालदेखिको सम्बन्धलाई यो भ्रमणले अझै बलियो बनाउने बताए।

    सरकारले देश र जनताको लागि फाइदा हुने विषयमा मात्रै सम्झौता गर्नुपर्ने बताउँदै बिजुक्छेले चीनसँग अब हुने सम्झौताले नेपालको दिगो विकास र दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्नुपर्ने भनाइ राखे। देशलाई नोक्सान हुने र वर्षौंसम्म कार्यान्वयन गर्न नसक्ने सम्झौताको कुनै अर्थ नहुने भनाइ राख्दै बिजुक्छेले भएका सम्झौताहरू छिटो कार्यान्वयनमा लैजान सक्ने हुनुपर्ने बताए।

    केरुङ–काठमाडौँ रेल्वेसम्बन्धी सम्झौताका बारेमा उनले सडकमा बस्ती विस्तार नगरे यसबाट देशलाई फाइदा नपुग्ने बताए। बिजुक्छेले केरुङ र काठमाडौँलाई मात्रै हेरेर नहुने तर केरुङदेखि काठमाडौँसम्म आउने सडकमा बस्ती विस्तार गर्न सके मात्रै यस्तो सम्झौताले सार्थकता पाउने भनाइ राखे।

    विदेशीले बनाइदिएका र ल्याइदिएका धेरै कुराहरू चलाउन नसक्दा थन्किएर बिग्रिएको टिप्पणी गर्दै उनले विदेशी सहयोग ट्रलिबस, छाला जुत्ता कारखाना, कागज कारखानाजस्तो अवस्थामा पुग्न नहुने बताए। विकास निर्माणमा हुने सम्झौतामा चीन आफैँले बनाइदिने भन्दा पनि नेपालको जनशक्ति प्रयोग गर्नेगरी गर्न सके नेपाली नागरिकले स्वदेशमै रोजगारी पाउने र सीप पनि सिक्न सक्नेतर्फ ध्यान दिनुपर्ने बताए। 

    चीनले चाहेमा नेपालको धेरै विकास एकैपटक गर्न सक्ने भए पनि चीनको एकएक गाँस गरी एक थाल भात खाएजस्तै गरी विकासलाई विस्तारै लैजाने नीति रहेको बिजुक्छेले बताए। चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणमा आर्थिक सहायता दिनसक्ने बताउँदै बिजुक्छेले यो भ्रमणले भारतप्रतिको दृष्टिकोण भने बदल्न नसक्ने बताए।

    चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्नो देशमा भ्रष्टाचार नियन्त्रण गर्न कदम चालेको र भ्रष्टाचारीलाई धमाधम जेल हालेको भन्दै सरकारले चिनियाँ राष्ट्रपतिबाट यस्ता कुरा सिक्नुपर्नेमा जोड दिए। चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणलाई नेमकिपाले पनि स्वागत गरेको बताए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]