समाज

काभ्रेमा मिनीट्रक दुर्घटना : मृतकको संख्या ३ पुग्यो, २९ जना घाइते

फाइल फोटो
असोज २४, २०७६

    काभ्रे : काभ्रेको विकट क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकाको साँझाकोटमा मिनिट्रक दुर्घटना हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ।

    डाँडापारीबाट काठमाडौंका लागि छुटेको ३५९५ नम्बरको मिनिट्रक ब्रेकफेल हुँदा दुर्घटनामा परेको घटनास्थलमा पुगेका प्रहरी हवल्दार बाबुलाल अधिकारीले जानकारी दिए।

    उनका अनुसार मृतकको सनाखत हुन सकेको छैन। दुईजनाको घटनास्थलमै र एकजनाको अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो। दुर्घटनामा २९ जना घाइते छन्। गम्भीर घाइते १७ जनालाई धुलीखेल अस्पताल पठाइएको छ।

    बाँकी १२ जनालाई लिन गाडी सदरमुकामबाट पठाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। ट्रकमा ३५ जना सवार रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]