पाल्पा : रिब्दिकोट गाउँपालिका १ ख्याहास्थित कराम्दीकी १९ वर्षीया पद्मा सुनारको हत्या आरोपमा प्रहरीले एकजना पक्राउ गरेको छ। पक्राउ पर्नेम...
काभ्रे : काभ्रेको विकट क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकाको साँझाकोटमा मिनिट्रक दुर्घटना मृत्यु भएका मध्य दुईको सनाखत भएको छ।
डाँडापारीबाट काठमाडौंका लागि छुटेको बा३ख ३५९५ नम्बरको मिनिट्रक ब्रेकफेल हुँदा दुर्घटनामा परेको घटनास्थलमा पुगेका प्रहरी हवल्दार बाबुलाल अधिकारीले जानकारी दिए।
उनका अनुसार दुर्घटनामा प्रकाश मोक्तान र वकिल बम्जनको मृत्यु भएको छ। अर्का एकजनाको सनाखत हुन सकेको छैन्। दुई जनाको घटनास्थलमै र एकजनाको अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो। दुर्घटनामा ३४ जना घाइते छन्।
गम्भीर घाइते १७ जनालाई धुलिखेल अस्पताल पठाइएको छ। बाँकी १२ जनालाई अन्य अस्पताल पठाइएको छ। घाइते पाँचजना घटनास्थलमै छन्। उनीहरूलाई लिन गाडी सदरमुकामबाट पठाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। ट्रकमा ३७ जना सवार रहेको प्रहरीले जनाएको छ।
काभ्रेमा मिनीट्रक दुर्घटना : मृतकको संख्या ३ पुग्यो, २९ जना घाइते
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।