स्वास्थ्य

डडेल्धुरा अस्पतालमा ‘पोष्टमार्टम’ गर्न चिकित्सक नहुँदा बैतडीलाई गुहार

असोज २४, २०७६

    डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिका ६ भजनेउटामा रहेको कुटीमा बस्दै आएका साधुको शंकास्पद अवस्थामा शव फेला पर्‍यो। बुधबार साँझ अन्दाजी ७६ वषीय उमाशंकर गिरी नामक उनको शव भेटिएको स्थानमा ढुंगामा रगत पनि भेटिएपछि उनको मृत्यु शंकास्पद बनेको थियो।

    प्रहरीलाई मृतक गिरीको हत्या भएको आशंका लागेको कारण थप अनुसन्धान गर्न पोष्टमार्टम (शव परिक्षण) गर्नुपर्ने भयो। त्यसका लागि जिल्ला प्रहरी कार्यालयको टोलीले बिहीबार बिहानै शव परिक्षण गर्न शवलाई डडेल्धुरा अस्पतालमा पुर्‍यायो। त्यतिबेला अस्पतालमा दरबन्दीअनुसार बचेका एक मात्र डाक्टर थिए नरेश श्रेष्ठ।

    सूचना अधिकारी टंकप्रसाद पन्तकाअनुसार पोष्टमार्टम गर्न चिकित्सकलाई एउटा विशेष तालिमको आवश्यकता हुन्छ। जुन डाक्टर श्रेष्ठले प्राप्त गरेका छैनन्।

    पोष्टमार्टम गर्नु अनिवार्य भएकाले अस्पताल प्रशासनले छिमेकी जिल्ला अस्पताल बैतडीलाई शव परिक्षण गर्नका लागि त्यहाँबाट चिकित्सक पठाउन मागपत्र लेख्यो। बिहीबार पत्र पठाइसकेपछि शुक्रबार बिहान बैतडीबाट डाक्टर बसन्त जोशी आए र शव परिक्षण गरेर फर्कें।

    ‘नजिकैको जिल्ला अस्पताल बैतडीमा शव परीक्षणको तालिम प्राप्त डाक्टर रहेछन्’ अस्पतालका सूचना अधिकारी पन्तले भने, ‘यहाँ चिकित्सक नहुँदा समस्या नै भयो। बिहीबार बिहान आएको शवको पोष्टमार्टम एक दिनपछि भयो।’

    मृतक साधु गिरीको हत्यारा पत्ता लाग्ला नलाग्ला तर अस्पतालमा पोष्टमार्टम गर्न समेत चिकित्सक नहुनु लज्जास्पद भएको भन्दै यहाँका स्थानीय आक्रोशित बनेका छन्। उनीले सामाजिक संजालमार्फत आक्रोश पोखिरहेका हुन्।

    सधैंजसो चिकित्सक अभाव झेलिरहेका देशको विशिष्ट’ अस्पताल

    सुदूरपश्चिमका नागरिकलाई स्वास्थ्य सेवा दिने उद्देश्यसहित डडेल्धुरा सदरमुकाममा उपक्षेत्रीय अस्पताल स्थापना भयो। त्यतिबेलाको उपक्षेत्रीय अस्पतालले २०७० साल असार १ गतेदेखि सेवा दिन थालेको थियो। 

    टिम अस्पताल र जिल्ला अस्पताललाई गाभेर उपक्षेत्रीय अस्पतालका रुपमा एक सय शय्याको उप क्षेत्रीय अस्पताल बनाइसेवा प्रवाहको अस्पताल गत विशेष विशेषज्ञ सेवासहितको ‘डडेल्धुरा अस्पताल’ बनाइए पनि प्रभावकारी ढंगले उपचार सेवा भने छैन। १०० शय्य बनाइ ३९ जना चिकित्सकको दरबन्दी रहने व्यवस्था भएको डडेल्धुरा अस्पताल अहिले विषेश विषेशज्ञ सेवासहितको ‘डडेल्धुरा अस्पताल’ बनाइएको छ।

    संघीय सरकारको मातहतमा रहेको यो अस्पताल सुदूरपश्चिम प्रदशको एक मात्र अस्पताल हो। तर, अस्पतालमा अहिले चार जना मात्रै चिकित्सक छन्। त्यसमा पनि एक जना मात्रै स्थायी दरबन्दीका चिकित्सक हुन भने तीनजना करारमा छन्।

    सेवाग्राहीको भीड उपक्षेत्रीय अस्पताका रुपमा दर्ज गरिँदा १४ वटा विभाग र १० वटा शाखा रहने व्यवस्था थियो। हाल त्यो भन्दा पनि ठूलो ५०० शय्याको अस्पताल घोषणा गरिएपनि दरबन्दी तोकिएका छैनन्। अस्पातालमा ११ औँ तहको मेडिकल सुपरीटेनडेण्ट रहनुपर्नेमा हालसम्म यो पद रिक्त छ।

    कर्मचारी समायोजनले भएका मेडिकल अधिकृतहरू पनि अन्तै गएपछि अस्पतालले दिँदै आएका सेवा समेत प्रभावित भएको अस्पतालका सूचना अधिकारी टंकप्रसाद पन्तले बताए। उनका अनुसार कन्सल्टेण्ड चिकित्सक १९ जना र मेडिकल अधिकृत १८ जना, ४४ प्रकारका कर्मचारीलगायत रहने गरी १०९ जना कर्मचारीको दरबन्दी स्वीकृत भएको थियो। 

    ‘हाल हेर्ने हो भने एक जना भर्खरै पढाइसकेर आउनुभएका मेडिकल अधिकृत छन्। उनी नै अहिले अस्पतालका निमित्त मेसु छन्। तीन जना चिकित्सक करारमा छन्’ उनले भने, ‘एकजना डेण्टल सर्जन छन्। प्रदेश सरकारदले पठाएको। एक जना छात्रवृत्ति करारमा फिजिसियन मेडिसिन (एमडी) र एकजना बाल रोग विषेशज्ञ छन्।’ अस्पताल संघको मातहतमा रहँदा पनि दरबन्दीअनुसार चिकित्सक नपाउँदा सेवा दिन अप्ठ्यारो भइरहेको उनको भनाइ छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]