राजनीति

सीको भ्रमणमा पाँच घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने

असोज २५, २०७६

    काठमाडौं :  चिनियाँ राष्ट्रपतिको सी जिनपिङको आजदेखि हुने  नेपालको राजकीय भ्रमणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण करिब पाँच घण्टा बन्द हुने भएको छ भने विमानस्थल दुई दिन नै प्रभावित हुने भएको छ। चिनियाँ राष्ट्रपति सी शनिबार दिउँसो ४ः३० देखि ५:३० को बीचमा  काठमाडौं अवतरण गर्ने कार्यतालिका छ । 

    शनिबार र आइतबार हुने उडानबारे विमानस्थलले नोटाम (नोटिस टू एयरमेन) जारी गर्दैछ । नोटाम उड्डयनकर्मीका लागि जारी गरिने सूचना हो। विमानस्थलले नोटाम जारी गरेपछि वायुसेवा कम्पनीहरूले आफ्ना उडान भिभिआइपीको जहाज आउने र जाने समयअघि वा पछि अनिवार्य सार्नुपर्ने हुन्छ।   

    राष्ट्रपति सी आउँदा र फर्कँदा दुवै समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै उडान र अवतरण रोकिने छ। राष्ट्रपति सी आउने बेला साढे दुई घण्टा र फर्कने बेला ३ घण्टा विमानस्थलमा अन्य जहाज उडान र अवतरण रोकिने त्रिभुवन विमानस्थलले जनाएको छ। 

    शनिबार यो समय दिउँसो २ बजेर ५५ मनिने देखि पाँच बजेर २५ मिनेटसम्मको लागि तोकिएको छ। आइतबार बिहान ११:२० देखि दिउँसो १:५० सम्म तोकिएको छ। 

    राष्ट्रपति सी चढेको विमान अवतरण भएपछि मात्रै अन्य विमानले उड्न र अवतरण गर्न पाउनेछन् । राष्ट्रपति सी १२ः३० मा स्वदेश फर्कने कार्यतालिका छ ।  

    दुई दिने नेपाल भ्रमणमा आउन लागेका चीनका राष्ट्रपति सीलाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विमानस्थलमा नै पुगेर स्वागत गर्ने कार्यक्रम छ । 

    राष्ट्रपति सी शनिबार भारतको तमिलनाडुमा रहेकाे चेन्नई अन्तर्राष्ट्रिय विमानस्थलबाट सोझै काठमाडौंमा रहेकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]