काठमाडौं : मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक अपरान्ह ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्...
डडेल्धुरा : नेपाली कांग्रेस डडेल्धुराले जिल्लाको सबै गाउँपपालिकामा नयाँ समिति गठन गरेको छ। असोज १३ देखि अजयमेरु गाउँपालिकाबाट सुरु गरेको स्थानीय तह पुनर्संरचना गठन कार्यक्रमअन्तर्गत पाँचवटै गाउँपालिकामा समिति गठन गरेको हो।
असोज १३ देखि सञ्चालन भएको कार्यक्रम शुक्रबार भागेश्वर गाउँपालिकामा समिति गठन गरेर सम्पन्न भएको पार्टी कार्यालय सचिव रामबहादुर विष्टले जानकारी दिए।
कांग्रेसको गाउँपालिका भेलाले अजयमेरु गाँउपालिको सभापति कर्णबहादुर मल्ल, आलिताल गाउँपालिका सभापति चन्द्रदेव बोहरा, नवदुर्गा गाउँपालिकाको सभापति रामचन्द्र अवस्थी, गन्यापधुरा गाउँपालिका सभापति इन्द्रबहादुर कार्की र भागेश्वर गाउँपालिका सभापतिमा नरबहादुर ठकुराठीलाई चयन गरेको छ ।
अमरगढी नगरपालिका र परशुराम नगरपालिकामा भने पुरानो वडा नै कायम रहेकाले पुरानै कार्यसमितिलाई यथावत राखिएको कांग्रस कार्यालय सचिव विष्टले बताए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।