प्रवास

एनआरएन डेमा न्युयोर्कमा रक्तदान

असोज २५, २०७६

    बोस्टन : गैरआवासिय नेपाली संघ (एनआरएनए)को स्थापना दिवस ‘एनआरएन डे’को अवसरमा शुक्रबार न्युयोर्कमा ३१ जनाले रक्तदान गरेका छन्। एनआरएन डेको अवसरमा प्रत्येक वर्ष रक्तदान गरिँदै आएको छ। 

    गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्, अमेरिका न्युयोर्क च्याप्टरले आयोजना गरेको रक्तदानमा मिलन शाहीले १५औं पटक रक्तदान गरेका छन्। ‘मेरो खेर जाने रगतले अरूलाई बचाउन पाउँदा खुशी लागेको छु’ उनले भने, ‘म अन्य मित्रहरूलाइ पनि रक्तदान गर्न गर्न आह्वान गर्दछु।’

    रक्तदान गर्न आएकामध्ये करिब २० जनाले उच्च रक्तचापका कारण रक्तदान गर्न नपाएको संस्थाका महासचिव महेश खड्काले बताए। कार्यक्रममा संस्थाका अध्यक्ष रामहरि अधिकारी र विश्व रक्तदाता अर्जुन मैनालीले रक्तदाताहरूलाइ प्रशंसापत्रले सम्मान गरेका थिए। 

    ‘नेपालीका लागि नेपाली’ भन्ने नाराका साथ सन् २००३ अक्टोबर ११ मा एनआरएनको स्थापना भएको हो। यसका विभिन्न ७८ देशमा शाखा छन्। अमेरिकाका सबैजसो राज्यमा एनआरएन अमेरिकाका च्याप्टर छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]