समाज

जिप दुर्घटनामा एकजनाको मृत्यु, चार घाइते

असोज २५, २०७६

    नवलपरासी : बुलिङटार गाउँपालिकामा यात्रुबाहक जिप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी चार जना घाइते भएका छन्। 

    शुक्रबार साँझ पाल्पाको रामपुरबाट नवलपरासीको दलदलेका लागि छुटेको ग १ ज ६५ ०५ नम्बरको जिप बुलिङटार गाउँपालिका–६, स्थित निरन्दीखोलामा दुर्घटना हुँदा नवलपरासी देवचुली नगरपालिका–४ का २७ वर्षीय हरि अधिकारी क्षेत्रीको मृत्यु भएको हो। 

    दुर्घटनामा परी गम्भीर घाइते भएका क्षेत्रीको उपचारको क्रममा पोखरास्थित मनिपाल कलेजमा शुक्रबार राति मृत्यु भएको इलाका प्रहरी कार्यालय डेढगाउँका प्रहरी निरीक्षक सुजितकुमार देवकोटाले जानकारी दिए।

    दुर्घटनामा परी देवचुली–१० का २७ वर्षीय आशीष खनाल, १९ वर्षीय सूचना पाण्डे, देवचुली–१ का ३० वर्षीय पवन तिवारी र २४ वर्षीया सङ्गीता पोखे्रल घाइते भएका छन्। उनीहरुको नारायणी सामुदायिक अस्पताल भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

    निरन्दीखोलाको उकालोमा जिपले लोड तान्न नसकेपछि दुर्घटनामा परेको हो। जिपमा करिब १७ जना सवार रहेको प्रहरीले जनाएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]