राजनीति

वडा अध्यक्षको कुटाइबाट क्लवका उपाध्यक्ष घाइते

असोज २५, २०७६

    जुम्ला : वडाअध्यक्षको कुटाइबाट न्युभिजन युथ क्लव उपाध्यक्ष हरिबहादुर कार्की घाइते भएका छन्। तातोपानी गाउँपालिका ३ का वडाअध्यक्ष डिल्लीबहादुर रावल निकटसमूहका व्यक्तिहरूले पिर्का र बियरका बोतलले हानेपछि क्लवका उपाध्यक्ष घाइते भएका हुन्।

    क्लवका अनुसार तातोपानी गाउँपलिकाको बिकास निर्माणमा भएको भ्रष्टाचार न्यूनीकरण, विकास निर्माणमा भएको ढिला सुस्तीलगायतका समसामयिक विषयमा काम गर्ने भनेर असोज २४ गतेका दिन  निर्णय अनुसार कार्य शुरू गरेका थियौं। 

    युथ क्लवका अध्यक्ष भिमप्रसाद उपाध्याय र सचिव अशोक नेउपानेले हस्ताक्षर गरेको संयुक्त बिज्ञप्तिमा क्लवका उक्त कार्यप्रति आतंकित भइ गुण्डाशैलीमा प्रस्तुत भएर आफूहरूमाथि जनप्रतिनिधिले नै हमला गरेको भनिएको छ। उनीहरूले जारी गरेको बिज्ञप्तिमा भनिएको छ, सांघातिक र हमला कुटपिटप्रति हाम्रो घोर आपत्ति छ।

    नागरिकको नजिकै बसेर सेवा दिने बाँचा गरेर आएका स्थानीय स्तरका  जनप्रतिनिधिबाटै नागरिकको बोल्न पाउने  हकअधिकार कुन्ठित गरेको प्रति न्यु भिजन युथ क्लव जुम्लाले ध्यानाकर्षण भएको जनाएको छ।

     युथ क्लवले जारी गरेको बिज्ञप्तिमा नागरिकको मौलिक अधिकार  कुन्ठित गर्ने आम नागरिकलाई तर्साउने जस्ता अभद्र क्रियाकलाप गरेको प्रति उनीहरूले घोर भर्सना गरेको  उल्लेख गरिएको छ। बिज्ञप्तिमार्फत मानव अधिकार, नागरिक समाज, मिडियाकर्मी  बुद्धिजीबी समाज सेवी स्वतन्त्र नागरिकलाई यस्तो कार्यप्रति ध्यानाकषर्ण भएको अपिल गरेको छ।

    यता वडाअध्यक्ष डिल्लीबहादुर रावलले आफूले हातपात नगरेको भन्दै उल्टै युवाले आफ्नो चरित्र हत्या गर्न खोजेको बताए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]