काठमाडौँ : कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका लोकेन्द्र शाहीको शव १६ किलोमिटर तल भेटिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रह...
गुल्मीको कफी र इलामको चिया पनि
काठमाडौं : दुई दिने नेपाल भ्रमणमा रहेका चीनका राष्ट्रपति सी जिनपिङको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार साँझ होटल सोल्टीमा रात्रिभोजको आयोजना गरेकी छन्।
चीनका राष्ट्रपतिसहितको उच्चस्तरीय टोली रहने होटल सोल्टीमा राष्ट्रपति भण्डारीले गरेको रात्रिभोजमा विशुद्ध नेपाली परिकारलाई मेन्युमा राखिएको थियो।
रात्रिभोजमा चिनियाँ राष्ट्रपतिसहितको टोलीका लागि साँधेको भटमास, क्वाँटी र कुरिलोको सुपसहितका परिकारको बन्दोबस्त गरिएको हो।
सीका लागि बारा, मम:, साँधेको भटमास र सोलुखुम्बुस्थित लुक्लाको सिमीको परिकार पस्किएको थियो। सीका लागि आयोजित रात्रिभोजको मेन्युमा गुल्मीको कफी र इलामको चिया पनि उपलब्ध थियो। चिया र कफी रात्रिभोजको अन्तिममा दिने व्यवस्था गरिएको हो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।