राजनीति

राष्ट्रपति सी र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाबीच शिष्टचार भेट

असोज २५, २०७६

    काठमाडौं : नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङसँग संघीय संसद राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शिष्टचार भेटवार्ता गरेका छन्।

    काठमाडौंको सोल्टी होटलमा शनिबार साँझ भएको भेटमा अध्यक्ष तिमिल्सिनाले नेपाल भ्रमणमा आएकोमा नेपाली जनता खुसी भएको र भ्रमणका लागि धन्यवाद व्यक्त गरेका थिए। उनले नेपाल राजनीतिक स्थायित्व हासिल गरी समृद्धीको यात्रामा अगाडि बढेको जानकारी गराउँदै मित्रराष्ट्र चीनको सहयोग अपरिहार्य हुने बताए।

    नेपाललाई चीनको तर्फबाट भइरहेको निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गरेका थिए।

    'नेपाल एक चीन नीतिमा प्रतिबद्ध छ, चीनका विरुद्ध  नेपालमा कुनै गतिविधि हुन दिँदैनौँ,' भेटका क्रममा उनले भनेका थिए। त्यसैगरी  चीनले अगाडि सारेको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) मा नेपाल साझेदार बन्न पाउँदा आभारी रहेको र परियोजनाको सफलताको शुभकामना व्यक्त गरेका थिए।

    भेटका क्रममा चीनका राष्ट्रपति सी जिनपिङले नेपालको समृद्ध नेपाल, सुखी नेपालीको नारालाई सफल बनाउन चीन सबै किसिमका सहयोग गर्न तयार रहेको बताए।

    'नेपालको संसदको तर्फबाट यहाँ र सांसदहरूलाई चीन भ्रमणका लागि निमन्त्रणा गर्दछु,' राष्ट्रपति सीले भनेका थिए।

    यसैबीच अध्यक्ष तिमिल्सिना राष्ट्रपति सीको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]