काठमाडौँ : नेपाल ए र आयरल्याण्ड ए बीचको टी–२० सिरिजअन्तर्गतको पहिलो खेलमा आज पाहुना टोली आयरल्याण्ड ए ले नेपाल ए सामु जितका लागि २२३...
क्याराबिन प्रिमियर लिग(सीपीएल)को उपाधि नेपालका लेग स्पीनर सन्दीप लामिछाने आवद्ध टोली बार्बाडोज ट्रिडेन्सले जितेको छ। आइतबार बिहान भएको खेलमा बार्बाडोजले गुएना अमेजन वारियर्सलाई २७ रनले हराउँदै उपाधि जितेको हो।
ट्रिनिड्राडको ब्रेन लारा रंगशालामा भएको खेलमा बार्बाडोजले टस टस जितेर पहिले ब्याटिङ गरी २० ओभरमा ६ विकेट गुमाउँदै १७१ रन बनाएको थियो। १७२ रनको लक्ष्य पछ्याएको गुएना अमेजनले २० ओभरमा ९ विकेट गुमाएर १४४ रन मात्रै बनाउन सक्यो।
पहिले ब्याटिङ गरेको बार्बाडोजका लागि जोनाथन कार्टरले २७ बलमा ५० रन बनाई टोलीमा लागि महत्वपूर्ण योगदान गरे। ओपनर जोनसन चाल्र्सले ३९ रन र एलेक्स हलेजले २८ रन बनाए। बार्बाडोजको जितका लागि रेमन रेफरले गुएनाको ४ विकेट लिए।
गुएना अमेजनका ब्रेन्डन किंगले सर्वाधिक ४३ रन बनाए। किमो पउलले २५ र निकोलस पुरनले २४ रन जोडे । सीपीएल यस सिजनको सबै खेलमा अपराजित रहेको गुएना अमेजन फाइनलमा पराजित भएको हो। समूह चरणका १० खेलमा ५ मा हार र ५ मा जित निकाल्दै अंक तालिकाको दोस्रो स्थानमा रहेको बार्बाजोड पहिलो क्यालिफयरमा गुएनासँग ३० रनले पराजित भएको थियो।
यस सिजनको ६ खेल खेलेका सन्दीपले ८ विकेट लिए। सिंगापुर र ओमानमा भएको टी–२० सिरिज खेल्नका लागि नेपाली टोलीमा आवद्ध भएका कारण सन्दीपले बाँकी खेल खेल्न पाएनन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।